टोरण्टो । नेपाली समुदायको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को १६औं वार्षिक साधारण सभा यही २६ अप्रिल आईतबार हुने भएको छ । चिफ कौसरस बेन्क्युट, केनेडी रोड मिसिसागामा बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म हुने सो साधारण सभाको सम्पुर्ण तयारी पूरा भएको साधारण सभा मुल ब्यबस्थापन समितिका संयोजक तथा सस्थाका बोर्ड अफ डाइरेक्टर घनश्याम भट्टराईले क्यानडा नेपाल न्युजलाई जानकारी दिनुभयो ।
नेपाली समुदाय कै पुरानो यो सस्था सन १९९४ मा स्थापना भएको थियो । सन १९८५ मा क्यालगरीमा स्थापना भएको क्यालगरी नेप्लिज कम्युनिटी एसोसिएसन (सिएनसिए) पछीको सम्भबत एनसीएनसी दोश्रो पुरानो सस्था हो ।

नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी)मा ३ सय ७ जना आजिवन सदस्य तथा ६३ जना साधारण सदस्य रहेका छ्न ।
सो साधारण सभामा सस्थाका अध्यक्ष दिनेश खतिवडाले २ बर्षे कार्यकालमा गरेका प्रगति विवरण, भावी कार्य योजना, महासचिव रामकृष्ण रेग्मीले सस्थाको गतिविधि र उपलब्धि प्रस्तुत गर्नु हुनेछ भने कोषाध्यक्ष गोपाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।
सस्थाको सस्थापक अध्यक्ष किरण ढुंगाना हुनुहुन्थ्यो । सो सस्थामा शरद सुब्बा, राधा बस्नेत, गोबिन्द घिमिरे, गोपाल पोख्रेल, राजकुमार राई, दिन गुरागाई, किरण पन्त, नारायण रेग्मी, बालचन्द्र श्रेष्ठ, गोपिकृष्ण काफ्ले, डिआर खनाल, शन्तराज भण्डारी, नरबहादुर क्षेत्रीले अध्यक्षको भुमिकामा सस्थाको नेतृत्व गरिसक्नु भएको छ ।
हाल सस्थाको अध्यक्षमा दिनेश खतिवडा, उपाध्यक्ष बेदनिधि गौतम, महासचिव रामकृष्ण रेग्मी, सचिव दुर्गा नाथ खरेल, महिला कोअर्डिनेटर दिलु केसी पुन रहनु भएको छ । बोर्ड अफ डाइरेक्टरहरुमा घनश्याम भट्टराई, सागर गुरुङ, आशिष अधिकारी, भाष्करकुमार झा, अनिशा सडौला, मुकेश बरुवाल, रमा घिमिरे, कृष्ण केसी कुवँर, मधु देवकोटा, प्रणय आचार्य र गणेश खडका रहनु भएको छ ।

आईतबार हुने सस्थाको १६औं वार्षिक साधारण सभा तथा अधिवेशनले २ बर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
सस्थाको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले सम्भवत हालका उपाध्यक्ष बेदनिधि गौतमको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन हुने बलियो सम्भावना पनि रहेको छ।
नयाँ नेतृत्व चयनको लागि गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

एनसीएनसीको १६औं साधारणसभाको अबसरमा गत आईतबार फाईनान्सियल ड्राइभ ब्राम्पटन स्थित रक्त संचार केन्द्रमा सस्थाको तर्फबाट रक्तदान तथा प्लाज्मादान कार्यक्रम समेत भएको थियो ।

सस्थाले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ भने प्रत्येक बर्ष दशै लगायतका नेपाली चाडपर्वहरुको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत फेलोसिप कार्यक्रम पनि गर्दै आएको छ ।
सस्थाले नेपाली बाबू नानीहरुका लागि लक्षित गर्दै लामो समयदेखि नेपाली भाषा शिक्षा कक्षा पनि संचालन गर्दै आएको छ भने योगा शिविर पनि संचालन गर्दै आएको छ ।
ब्राम्पटन सिटीको आयोजनामा प्रत्येक वर्ष हूने मल्टीकल्चरल एंड मल्टीनेशनल्स फेस्टिवल (क्याराब्राम) मा नेपालको प्रतिनिधित्व गर्दै आएको छ भने नेपाली नामबाट नामाकरण भएको ब्राम्पटन सिटी भित्रको “सगरमाथा पार्क” को सरसफाई तथा संरक्षणको जीम्मा लिई काम पनि गर्दै आएको छ ।
क्यानाडा नेपाल










