टोरण्टो । नेपाली समुदायको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को १६औं अधिवेशनबाट बेदनिधी गौतम अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आज आईतवार मिसिसागामा भएको अधिवेशनले उपाध्यक्षमा मुकेशकुमार बरुवाल, महासचिव दुर्गा केसी, सचिब रमेश भट्टराई, र कोषाध्यक्षमा बिपिन अधिकारी चयन हुनु भएको छ ।
मधुबिलास देवकोटा, रञ्जना कार्की अधिकारी, सुदिप बगाले, सम्झना सिटौला, दीपक खत्री, बिष्णुप्रसाद बिश्वकर्मा, शिव देवकोटा, शिवराज रेग्मी, नरेश ज्ञवाली र राजनकुमार पाईजा बोर्ड अफ डाईरेक्टरमा सर्वसम्मत चयन हुनु भएको थियोे ।
सस्थाका अध्यक्ष दिनेश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा साधारण सभा मुल ब्यबस्थापन समितिका संयोजक तथा सस्थाका बोर्ड अफ डाइरेक्टर घनश्याम भट्टराईले कार्यक्रमको बारेमा र उपाध्यक्ष बेदनिधि गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियोे। कार्यक्रमको संचालन महासचिव रामकृष्ण रेग्मीले गर्नुभएको थियोे ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष किरण ढुंगाना, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, रमेश धिताल, हेमराज पाण्डे, कुमार उप्रेती, ढुण्डीराज पाण्डे, मदन क्षेत्री, शन्त राजभण्डारी लगायतले मन्तव्य राख्नुभएको थियोे ।
नेपाली समुदाय कै पुरानो यो सस्था सन १९९४ मा स्थापना भएको हो ।
नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी)मा ३ सय ७ जना आजिवन सदस्य तथा ६३ जना साधारण सदस्य रहेका छ्न ।
सो कार्यक्रमको अबसरमा सस्थालाई विभिन्न माध्यमबाट सहयोग पुर्याउनु हुने सम्पुर्णलाई सम्मान समेत गरिएको थियोे ।
यस सस्थाको आयोजनामा हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ भने प्रत्येक बर्ष दशै लगायतका नेपाली चाडपर्वहरुको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत फेलोसिप कार्यक्रम पनि गर्दै आएको छ ।
सस्थाले नेपाली बाबू नानीहरुका लागि लक्षित गर्दै लामो समयदेखि नेपाली भाषा शिक्षा कक्षा पनि संचालन गर्दै आएको छ भने योगा शिविर पनि संचालन गर्दै आएको छ ।
ब्राम्पटन सिटीको आयोजनामा प्रत्येक वर्ष हूने मल्टीकल्चरल एंड मल्टीनेशनल्स फेस्टिवल (क्याराब्राम) मा नेपालको प्रतिनिधित्व गर्दै आएको छ भने नेपाली नामबाट नामाकरण भएको ब्राम्पटन सिटी भित्रको “सगरमाथा पार्क” को सरसफाई तथा संरक्षणको जीम्मा लिई काम पनि गर्दै आएको छ ।
क्यानाडा नेपाल










