शिशिर सिखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा यही शनिबार “तेश्रो नेपाल फेस्टिवल-२०२६” हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा (२०८३ साउन ९ गते अर्थात जुलाई २५) सो फेस्टिवल हुने लागेको हो ।
नेपाली कला-संस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ ।

फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष बिश्व अधिकारीले जानकारी दिए । मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झण्डा र नेपाली सस्कृती झल्किने ब्यानर तथा सजावटको ब्यबस्था गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए ।

ब्राम्पटन सिटीको सपर वर्ल्ड कम्प्लेक्स को प्राङ्गणमा दिउँसो १ बजेबाट बेलुकी ९ बजे सम्म संचालन हुने महोत्सवमा विभिन्न नेपाली खानाको परिकारका स्टल सहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल पनि रहने लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका महासचिव एवं नेपाल फेस्टिवल-२०२६” मुल समारोह समितिका सदस्य धर्म न्योपानेले जानकारी दिए।
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी लगायतका विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी र नृत्यहरु र लाखेनाच पनि प्रस्तुत हुनेछन।

महोत्सवमा प्रवेश निशुल्क र पार्किङको पनि निशुल्क ब्यबस्थापन गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए। करिब १० हजार जना भन्दा बढीको सहभागीता रहने आयोजक सस्था लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका उपाध्यक्ष एवं नेपाल फेस्टिवल-२०२६” मुल समारोह समितिका सदस्य श्याम अर्यालले जानकारी दिए।

गत बर्षहरुमा पनि लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटन सिटीमा पहिलो र दोस्रो नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको थियोे । शनिबार हुने सो फेस्टिवलको उदघाटन क्यानडाका लागि महामहिम नेपाली राजदुत भरतराज पौडेलले गर्नु हुने छ भने कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय साम्सद सोनिया सिधु, अमन दीप लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहने छ ।
लोक गायक खेम सेन्चुरी सहितका कलाकारको विशेष प्रस्तुति
लोक गायक खेम सेन्चुरी कुसल संगीतकार तथा मोडल समेत हुन । महोत्सवमा उनको विशेष प्रस्तुति रहने छ ।
लोक गायक तथा संगीतकार खेम सेन्चुरी का धेरै लोकप्रिय गीतहरू छन्। चर्चित गीतहरूमध्ये:
म त ढलेँ ढलेँ
मायालाई पानको पात
सोचेझैँ जिन्दगी रैनछ
झ्यालमा पर्दा छ
लरिलरिलै
उखु गुलियो
नन्दनी
कपालु कोरेर
हान्छु तिमीलाई लौरीले
जाम साईंली
सुर्ती माड्दै माड्दै गयो जोवन
अरेली काँडैले
कमाउने नि हो
तिमीलाई पछ्यौरी किनिदिऊँला
तीजै रमाइलो
यीमध्ये ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’ र ‘झ्यालमा पर्दा छ’ विशेष रूपमा निकै चर्चित छन् ।
उनले कार्यक्रममा आफ्ना दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्ने छन ।

महोत्सवमा गायक चेतन सापकोटा, लोक गायिका देवीका केसी, गायक मानसिं खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदी लगायत दर्जन भन्दा बढी कलाकारहरुले नृत्य तथा आ-आफ्नो प्रस्तुति गर्ने आयोजकले जानकारी दिएका छन।
क्यानाडा नेपाल










