Canada Nepal News

टोरन्टो । अमिरिकाको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई सपथ ग्रहण लगत्तै कार्यकारी आदेशबाट ल्याउने प्रतिबद्धता गर्ना साथ टिकटक फेरि संचालनमा आएको छ ।

संयुक्त राज्य अमेरिकामा बन्द भएको लगभग १२ घण्टा पछि पुन संचालनमा आएको हो ।

टिकटकले आफ्ना प्रयोगकर्ताहरूलाई एक सूचना जारी गर्दै तपाईहरुको धैर्य र समर्थनको लागि धन्यवाद ! राष्ट्रपति ट्रम्पको प्रयासको परिणामस्वरूप टिकटक अमेरिकामा फिर्ता आएको जनाएको छ ।

शनिबार राति समयसीमा भन्दा २ घण्टा अगाडी नै टिकटक बन्द भएको थियो । ट्रम्पले जनवरी १९ आइतबारका दिन बिहान टिकटकलाई जनवरी २० सोमबारका दिन हुने सपथ ग्रहण पश्च्यात सोमबार कार्यकारी आदेशबाट बचाउने बताए पछि सोमबार कुर्नु नै नपर्ने गरि आइतबार दिउसो नै संचालनमा आएको छ ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ताहरु रहेका छन् भने प्रयोगकर्ताले निर्वाचित राष्ट्रपतिलाई धन्यबाद दिएका छन् ।