Canada Nepal News

नेपाल सेरोफेरो

किसानलाई धान काट्ने चटारो (फोटो फिचरसहित)

किसानलाई धान काट्ने चटारो (फोटो फिचरसहित)
फूलवारी (कैलाली)। मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्। मौसम पूर्वानुमान महाशाखाको वर्षाहुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्। केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन्। दसैँ सुरु भइसकेको भए पनि किसान धान काट्न व्यस्त भएका हुन्।

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौँ  । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्या...

देशभर निरन्तर घनघोर वर्षा : अधिकांश नदीमा जलसतह खतरास्तर नजिक

देशभर निरन्तर घनघोर वर्षा : अधिकांश नदीमा जलसतह खतरास्तर नजिक
काठमाडौँ । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ । विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, न...

वार्षिक २० लाख भन्दा बढीले देश छाडे, रोजगारीका लागि दुई महिनामै एक लाख १५ हजार बिदेश पलायन

वार्षिक २० लाख भन्दा बढीले देश छाडे, रोजगारीका लागि दुई महिनामै एक लाख १५ हजार बिदेश पलायन
काठमाडौँ । चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार चारसय ९३ जना युवाले श्रमस्वीकृति लिएर ९५ देश पुगेका छन् । श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः जाने गरेको विभागको तथ्यांक छ। यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४ सय ५९ श्रम स्वीकृति लिएर...

युवा बिना मुलुकको रुपान्तरण हुँदैन, राष्ट्र निर्माणमा एकजुट बनौं: प्रधानमन्त्री ओली

युवा बिना मुलुकको रुपान्तरण हुँदैन, राष्ट्र निर्माणमा एकजुट बनौं: प्रधानमन्त्री ओली
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू बिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा सम्बोधन गर्दै युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएका छौं। युवाहरू बिना...

प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी

प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
वासिङटन । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । केहीबेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आजै समिट फर फ्य...

यस्तो छ दशैँको टीकाको साइत

यस्तो छ दशैँको टीकाको साइत
काठमाडौं । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ । शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ । विजया दशमी असोज २६ गते शनिबार परेको छ। सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ । घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ ।

आज संविधान दिवस: विभिन्न कार्यक्रम गरी मनाइदै

आज संविधान दिवस:  विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यसअवसरमा संविधान दिवस...

सुनको मूल्य सर्वसाधारणको पहुँच बाहिर ! एकैदिन तोलामा ३ हजारले बढ्यो

सुनको मूल्य सर्वसाधारणको पहुँच बाहिर ! एकैदिन तोलामा ३ हजारले बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। आज चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार हुने

नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार हुने
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ। आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघको निर्वाचन हुने जानकारी दिनुभएको हो । यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तिमा भनिएको छ। महासंघले आजै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ । भोलि भदौ २९ गते श...