Canada Nepal News

टोरण्टो । नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेल र अर्का खेलाडी दिपेन्द्रसिंं ऐरीलाई क्यानडामा रहेका नेपाली समुदायद्वारा सम्मान गरिएको छ ।
गैर आवसिय नेपाली संघ (एनआरएनए) क्यानडा, नेप्लिज क्यानेडियन क्रीकेट क्लब र नेप्लीज लन्डन क्रीकेट क्लबले संयुक्त रूपमा आज बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टीमका कप्तान पौडेल र खेलाडी ऐरीलाई खादा, माला, नेपाली ढाका टोपी र सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रममा भारतीय मुलका अमेरिकी खेलाडी उन्मुक्त चन्दलाई पनि सम्मान गरिएको थियो ।
खेलाडीहरु देशका गहना मात्रै नभई सम्पती पनि भएको भन्दै क्रीकेट खेलबाट देशको नाम चिनाउन हाम्रा खेलाडीले खेलेको भुमिकाको बारेमा कार्यक्रममा प्रसंशा गरिएको थियो ।
ग्लोबल टी ट्वान्टी खेल खेल्नका लागि क्यानडा आएको अबसरमा आफ्ना नेपाली खेलाडीलाई सम्मान गर्न पाउदा खुशी लागेको एनआरएनए ओण्टारियो कमिटीका सचिब तथा एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले बताउनु भयो । हामी जुन देशमा बसेपनि आफ्नो देशको माया र चिन्ता तथा आफ्नो खेलाडीहरु प्रती सधैं सम्मान रहने भन्दै आफ्ना राष्ट्रिय खेलाडी यहाँ आएको थाहा पाएर सम्मान कार्यक्रम राखेको ज्ञवालीले जानकारी दिनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेलले देशको नाम उच्च बनाउन सधैं लाग्ने भन्दै बिश्वभर रहेका नेपालीहरुको माया र हौसला कहिलै भुल्न नसकिने समेत बताउनु भयो ।
 एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषदका सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका पुर्व अध्यक्ष गोपीकृष्ण काफ्ले, महिला चौतारीकि अध्यक्ष गीता दवाडी लगायतले कार्यक्रममा आ-आफ्ना भनाईहरु राख्नु भएको थियोे । करिब ४ दर्जन नेपालीको सहभागीता रहेको सो कार्यक्रममा संचालक एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारीले ३ दर्जन ब्यक्तिहरुको आसनग्रहण गराउनु भएको थियोे भने २ दर्जन जति ब्यक्तीहरुलाई मन्तव्य दिन लगाउनु भएको थियोे । सो कार्यक्रममा  एनआरएनए क्यानडाका सचिब बिनोद कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे ।