नेसनल्स ग्लोबल टी–२० क्यानडा: नेपालका कप्तान रोहित पौडेल आबद्ध टोली फाइनलमा
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ । पौडेल सुरुवाती ११ मा नअटाएको खेलको दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै टोरोन्टो फाइनलमा प्रवेश गरेको हो ।टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो । ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो । टोरोन्टोका लागि कप्तान कोलिन मुनरोले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, मो...








