
टोरण्टो। नेशनल क्यानेडियन चेस च्याम्पियनसीपमा सहभागी ३८ जनालाई पछाडि पार्दै सुदिप पौडेल नेशनल च्याम्पियनसीप बनेका छन ।
उनले ३ सय ५० क्यानेडियन डलर सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन ।
क्यानेडियन च्याम्पियनसीप पौडेलले आगामी डिसेम्बरमा हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग समेत लिने एनआरएनए क्यानडाका सदस्य तथा प्रोभिजनल कमिटीका सचिव कमल ज्ञवालीले बताएका छन ।
सो प्रतियोगितामा संगम श्रेष्ठले दोश्रो, जुड तुलाधर तेस्रो र गणेश पौडेलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए । उनिहरुले क्रमश २ सय,१ सय २५, ७५ डलर र प्रमाणपत्र प्राप्त गरे भने उत्कृष्ट ८औं सम्मले पनि नगद ५० डलर सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा सहभागी महिला खेलाडी लाई पनि नगद ५० डलर सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा ८ बर्षका रोनभ श्रेष्ठ र ७९ बर्षका प्रमोद राणाको समेत सहभागीता रहेको थियो । कार्यक्रम आज शनिबार एभरेस्ट तेक्वान्दो एकेडेमीको सभाहलमा भएको थियो ।

एनआरएनए क्यानडा प्रोभिजनल कमिटी र लण्डन चेस क्लबको आयोजनामा भएको थियो भने मिसिसागा चेस क्लबले सपोर्ट गरेको थियो । कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, एनआरएनए क्यानडाका सदस्य तथा प्रोभिजनल कमिटीका सचिव कमल ज्ञवाली, प्रोभिजनल सदस्य नितेश श्रेष्ठ, एनआरएनए युथ कोअर्डिनेटर प्रतीक भण्डारी, मिसिसागा चेस क्लबका बेदप्रसाद शर्मा, लण्डन चेस क्लबका हार्दिक श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
