Canada Nepal News

खेलकुद

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ : खेलकुदमन्त्री

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ : खेलकुदमन्त्री
काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था प...

रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन

रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन
काठमाडौं : रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको रंगशालाको अनावरण गर्नुभएको छ । कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए । उद्घाटन कार्यक्रममा २०२३/२४ रुवाण्डा प्रिमस राष्ट्रिय लिग च्याम्पियन आर्मी प्याट्रिओटिक रुवान्डाईज फुटबल क्लव (एपीआर एफसी) र पीस कप विजेता पुलिस फुटबल क्लव (पुलिस एफसी) बीचको मैत्रीपूर्ण खेल पनि देखाइएको थियो ।उहाँले आफूहरु अझै धेरै का ग...

महिला भलिबल टोलीको घोषणा

महिला भलिबल टोलीको घोषणा
काठमाडौं : नेपाल भलिबल संघले काभा २० वर्ष मुनिको महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका छ, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छन...

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न ४ करोड ३४ लाख बजेट

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न ४ करोड ३४ लाख बजेट
काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए । उनले ती प्रशिक्षणको तयारी गर्न रु चार करोड ३४ लाख ...

विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको भेट

विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको भेट
काठमाडौं : टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ । वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइन...

पौडी प्रतियोगिताको तयारी पूरा, ३५१ खेलाडी सहभागी हुने

पौडी प्रतियोगिताको तयारी पूरा, ३५१ खेलाडी सहभागी हुने
काठमाडौं : नेपाल पौडी संघले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको तयारी पूरा भएको छ । आयोजक नेपाल पौडी संघका सचिव गंगालाल गोलेका अनुसार प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरुमा खेलाइनेछ । उक्त पौडी प्रतियोगितामा ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुन...

विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, आज मुम्बईमा भिक्ट्री परेड हुने

विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, आज मुम्बईमा भिक्ट्री परेड हुने
काठमाडौं : टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो । वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो ।आज दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमला...

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी
काठमाडौं :  इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए । यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी र लुइस स्वरेज कोपा अम...

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने
काठमाडौं : फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरु अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ ।नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुव...