Canada Nepal News

शिशिर सिंखडा, टोरण्टो । नेपाली जनसम्पर्क समिति क्यानडाको अध्यक्षमामा पुन: उदय दुरा सर्वसम्मत चयन भएका छन । आज शनिबार लण्डन सिटिमा भएको चौथो अधिवेशनले अध्यक्षमा दुरालाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भोजराज भट्टले जानकारी दिनुभयो ।
अधिवेशनले समितिको सम्पुर्ण पदहरु केहि दिन भित्र सर्वसम्मतीले चयन गरिने  संयोजक भट्टले जानकारी दिनुभयो । सो अधिवेशनले आर्थिक समितिका संयोजक राम कुमार शाहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सहित विभिन्न प्रतिबेदन र प्रस्ताव समेत पास गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति उदय दुराको अध्यक्षतामा भएको चौथो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि समाजसेवी ढुण्डिराज पाण्डे, बिशिष्ठ अतिथि एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, एनआरएनए क्यानडाका कोषाध्यक्ष बिद्या भुषण कार्की, नायग्रा नेप्लीज सोसाइटीका अध्यक्ष राज शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरि कार्यक्रममा एनआरएनएका फर्मर आईटी कोअर्डिनेटर भरत शर्मा, नेपाली लण्डन कम्युनिटीका सचिब दिपक लामा, नेपाली लण्डन कम्युनिटीका निवर्तमान अध्यक्ष निरन्जन ठकुरी, नेपाली जनसम्पर्क समिति क्यानडाका चेयर पर्सन निरन्जन थापा, उपसभापति सम्भुसिं ठकुरी, नेपाली जनसम्पर्क समिति क्यानडाका कानुनी सल्लाहकार तथा निर्वाचन समितिका सम्योजक भोजराज भट्ट लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा समितिका सह महामन्त्री नेत्र भट्टराई, दामोदर खनाल लगायतको उपस्थिति रहेको थियो । नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री रमेश रिजालले संचालन गरेको कार्यक्रममा सस्थाका प्रवक्ता तथा चौथो अधिवेशन तयारी समितिका सम्योजक साहसनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।