Canada Nepal News

शिशिर सिंखडा, टोरण्टो । विद्यार्थी तथा युवा गायक युनेस गिरिको सडक दुर्घटनामा परि मृत्यु भएको छ । खोटाङ घरभएका गिरिको क्यानडामा सडक दुर्घटनामा परि निधन भएको हो ।
क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे गिरिको क्युबेक सिटीमा मृत्यु भएको हो।
क्यानडाको ब्राम्पटन सिटिमा बस्ने गिरि साथीहरु संग घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले उनलाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट घाइते भएकोमा घटनास्थलमै उनको मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी (अधिवक्ता) केशव दाहालले बताउनु भयो ।
दाहसंस्कारको लागि गिरीको शव नेपाल लाने बताईएको छ। अध्ययनका लागि उनी सन् २०२२ को जनवरी ११ मा क्यानडा आएका थिए । विद्यार्थीका साथै उनी युवा गायक पनि थिए ।
विद्यार्थी तथा युवा गायक गिरिको निधन प्रति एनआरएनए क्यानडाले दु:ख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ ।
https://gofund.me/93b948bc
एनआरएनए क्यानडाको अफिसियल फेसबुक पेजमा जारी बिज्ञप्तीमा भनिएको छ – “….उनको परिवारले पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति गो फन्ड मी सुरुवात गरिदिन गैर आवासीय नेपाली संघ क्यानडालाई आग्रह भएको र सोही आग्रह मुताविक हामीले मृतक युनेश गिरीको नाममा गो फन्ड मी स्थापना गरेका छौ। यस कारुणिक क्षणमा सक्दो सहयोगको लागि हार्दिक अपिल गर्दछौ।” भनिएको छ ।
canadanepalnews.com र canadanepalnewstv को तर्फबाट पनि मृतक युवा गायक तथा विद्यार्थी युनेस गिरी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । मृतआत्माको चिरशान्ति र परिवारजन तथा सम्पुर्ण आफन्तजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै सम्पुर्णमा समबेदना प्रकट गर्दछौं ।
साथै मृतक युनेस गिरिको शब नेपाल पठाउन र दाससस्कार कार्यको लागी सहयोग जुटाउने उध्येश्यले एनआरएनए क्यानडाले संचालन गरेको गोफण्डमी मा यथासक्य रकम सहयोग गरिदिन अनुरोध समेत गर्दछौं ।