
शिशिर सिंखडा, टोरण्टो । शनिबारको साँझ ६ बज्दै थियोे, कार्यक्रम हुने हल एकाएक खचाखच भैसकेको थियो । उता नेपालमा आईतवार बिहान झिसमिसेको पौने पाँच बज्दै थियो । सात समुन्द्र पार गरेर क्यानडालाई कर्मथलो बनाएका दर्जनौं साहित्य अनुरागी श्रष्टा यो बिशाल देश क्यानडामा आफ्नो सुन्दर, शान्त देश नेपाल खोज्दै थिए ।
ढाका टोपीमा सजिएका दाजुभाइ हुन वा साडी, ब्लाउज-चोलि, पच्छौरीको पहिरनमा भेटिएका दिदिबहिनी हुन, सबै-सबैको आत्मियता र सामीप्यता देख्दा लाग्दथ्यो हामी पोखरामा भएको कुनै साहित्यीक मंचको अगाडि छौ या चितवनको कुनै कार्यक्रममा नै ।
ग्रेटर टोरण्टो अन्तर्गत रहेको ब्राम्पटन सिटिमा नाम चलेको नेपाली रेस्टुरेन्ट भुखाराग्रीलको हल बाहिर जमेको सेताम्मे हिउँको स-साना पहाड कसैलाई प्रवाह थिएन किनकि गजल, गित र संगीतले साँझको ६ बजे देखिनै हलको माहोल ९ बज्दा नबज्दै पुरापुर तातिसकेको थियो ।
केही साहित्य अनुरागीहरु हुस्कीको चुस्कीको साथमा गजलको मस्ती लिदै थिए भने कोही सफ्ट ड्रीन्क त कोहि फोटो भिडियोमा रम्दै थिए ।
जब नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष डा. खेम गुरागाईले मुरलिधरको कर्ण प्रीय गीत/गजल संगीतको साथमा हार्मोनियम बजाँउदै-
“त्यो नजरको बयान म गरु कसरी…
त्यो अधरको मुस्कान म गरु कसरी…” बाट कार्यक्रमको शुरुवात गरेसंगै एकाएक त्यो साँझ थप रंगिन बन्न पुग्यो ।
गजल, गित र मुक्तकको बीच-बीचमा डा. गुरागाईले पस्किएको गित र उहाँको प्रेम भावका गजल बाचनले दर्जनौं वान्समोर मागे दर्शकहरुले ।
नारायण सापकोटाको राष्ट्रप्रेम सम्बन्धि परदेशी जीवन गजलले पटक-पटक वाही वाही मात्रै पाएन सबैलाई एक पटक मातृभुमीको माया, सेतो हिमालमा नाचेका मयुर र डाँफेलाई मानसपटलमा तान्न बाध्य बनायो ।
“परदेशी भुमीमा तन छ मन छ केबल नेपाल छ..
मुटु भित्र देश बोक्छु आँखामा बिछोडको बादल छ..
बाहिर हासो साथी सङीनी कंचल सन्सार खोक्रो मात्रै..
अन्तर मनमा आफुभने आँसु आसुको आहाल मात्रै..
बालपनको यादमा फर्कन खोज्दै छु
परदेशमा देश सम्झी बिर्सन खोज्दै छु
शितल हिमले ढाकेको यो सन्सारमा
मयुर फुलेको हिमाल सम्झिन खोज्दै छु..।
गजल बाचनको ५औ नम्बरको क्रममा रहेका पोखराका पुर्व पर्यटन ब्यबसायी तथा श्रष्टा दिपक अधिकारीले आफ्नो रचना मात्रै बाचन गरेनन् उनले आजको नेपालको राष्ट्रिय एकता दिवसले हामी सबैको एकता प्रगाढ बनोस भन्दै गजलको मण्टेश्वरी कक्षामा गजल बाचन गर्नु अगाडी नै वाही वाही र ताली पाइसकेका थिए ।
अधिकारीको- नत सक्छु आशु देख्न नत पुच्छ्न नै
आकशको तारासरी नत लुक्ननै,,
गजल होस वा
राधिका कुसुमको “तिमी औंला देउ ऊ डुडुल्को निल्छ” होस वा रुक्मिणी उपाध्यायको “ओढाई पछौरी गजलका बहारले..”
दर्शक श्रस्टाको वाही वाही मात्र पाएको थिएन, साच्चै नै दर्शक दिर्घाका सबैलाई गित गजलको समुन्द्रमा सारा सन्सार भुलाएर डुबाईदिन सफल बनेका थिए ।
…………..
Video को लागी तलको लिन्क click गर्नुहोला ।
LIVE..नेपाली साहित्य समाज क्यानडाको आयोजनामा भएको “गजल- साँझ”
Part.1
………………
आयोजक सस्था, नेपाली साहित्य समाज क्यानडाको कोषाध्यक्ष समेत रहेकी श्रष्टा
पारु पाण्डेको-“छिचोलेर सबै अट्चन बसेकै छु दिलै भित्र, थियो पत्तथर कि दिल मेरो लेखी छाडेउ शिलैपत्र..”
होस या
“तारिफ गर्दै नजिक सारेउ के भनौ म तिमीलाई नजरैको तिरले मारेउ के भनौ म तिमीलाई.. ”
उनका यी गजल सुन्दा दर्शकको वही-वाहीले यस्तो लाग्दथे की उनी एउटा कुशल स्वास्थकर्मी मात्रै होईन रहिछ्न साच्चै नै उनको कोमल, हृदयस्पर्शी र निश्चल भाव झल्किन्थ्यो ती रचना बाचनहरुमा ।
साहित्य अनुरागी तथा गजल गायक (अधिवक्ता) केशव दाहालले कार्यक्रमको उत्तरार्ध समयमा संगीतमय शैलीमा गाएको हृदयस्पर्शी गजलले दर्शकको धेरैनै वान्समोर पाएको थियो ।
………..
Video को लागी तलको लिन्क click गर्नुहोला ।
LIVE..नेपाली साहित्य समाज क्यानडाको आयोजनामा भएको “गजल- साँझ”
.Part.2
……………
साहित्य समाजका अध्यक्ष डा. खेम गुरागाईलाई काउन्टर दिदै उहाँकि जीवन संगीनी शोभा गुरागाईको “खसेका जति आँसु संगालु त दहनै बन्थे…”
लगायतका गजलले पाएको वाही वाही र तालीले कार्यक्रममा मुर्धन्य ब्यक्तित्व डा. गुरागाईले बाचन गरेका मार्मिक गजल र गाएका कर्णप्रीय गजललाई कार्यक्रममा फिक्का साबित गरिदिएको थियो ।
युवा सर्जक रामचन्द्र अधिकारीको “जनलहर” शीर्षक होस वा पाका श्रष्टा तथा सस्थाका सल्लाहकार गोपिकृष्ण काफ्लेको “सबै आए गए तर तिमी आईनौ” गजलले पनि तालीकै साथमा युवा पुस्ताको प्रतिनिधित्व गरेको आभास हुन्थ्यो ।
सो अबसरमा युवराज भण्डारी, रबिन्द्र लम्साल, लक्ष्मी लम्साल, कपिल सुवेदी, माधव बराल, मोहन खरेल, रबिन थपलिया, रबिन्द्र घिमिरे, शरद मैनाली, क्रीस खड्का, अनुप न्योपाने, अमित उपाध्याय, कृष्णप्रसाद पोख्रेल, गोबिन्दसिं रावत तथा किस्मत भण्डारी, कपिल सुवेदी, देवराज भट्टराईका रचना तथा गजलले साहित्यप्रेमी दर्शकहरुलाई मन्त्रमुग्ध पार्न सफल भएका थिए ।
रङ्गमय जस्तै उल्लासपुर्ण बनेको “गजल- साँझ” लाई सफल बनाउन पर्दा पछाडिबाट समाजसेवी धुर्व भट्टराई सहित रबिन्द्र लम्साल, सन्दिप अर्याल, रवीन थपलिया, प्रजापति शर्मा लगायतको सहयोग र समन्वयलाई आयोजकले मुक्तकण्ठले प्रसंम्सा गरेका थिए ।
टोरण्टो तथा आसपास क्षेत्रमा रहेका साहित्यप्रेमी, साहित्य अनुरागी, समाजसेवी तथा सर्जकहरुको सहभागीता रहेको सो साँझमा राष्ट्रप्रेम, देशभक्ती, सामाजिक संबेदनसिलता, प्रेम तथा बिछोडका दर्जनौ रचना बाचन गरिएको थियो ।





















