Canada Nepal News

टोरण्टो । उच्च शिक्षाको लागि क्यानडा आएकी एक नेपाली विद्यार्थीलाई सामुहिक बलात्कार भएको छ । घटना गत डिसेम्बर २५ तारेख अर्थात  पुस १० गते बुधबारको हो । फेसबुकबाट चीनजान भएका उनिहरुले तिहारमा भाईटिका समेत लगाएका थिए । कोठामा बोलाई ३ जना नेपाली युवाहरुले ती २० बर्षिया युवतीलाई कोठामै बलात्कार गरेका थिए । घटनाको बारेमा प्रहरीलाई भनेमा ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका थिए ।
घटना लगत्तै पीडित युवतीले प्रहरीलाई टेलिफोन गरे पछी तत्कालै उनलाई प्रहरीले उद्धार गरेको थियो भने बलात्कार आरोपित ३ जना युवालाई प्रहरीले सोही समयमा पक्राउ गरेको थियो । अनुसन्धान पछी २ जना युवालाई प्रहरीले ब्यक्ति जमानीमा छाडेको र १ जना युवाको जिम्मा जमानी लिने ब्यक्ती नभएकोले उनी प्रहरी हिरासतमै रहेका छन ।
उनिहरु दोषी ठहरिए क्यानडाको कानुन अनुसार सजाय भोग्ने र अनुसन्धान, छानविन तथा मुद्दा फैसला नहुँदा सम्म आरोपितलाई प्रहरीले जिम्मा जमानीमा समेत छाडन सक्ने कानुनी प्राबधान रहेकोले सोही अनुसार भएको एक कानुन ब्यबसायीले क्यानडा नेपाल न्युजलाई बताए । उनिहरु दोषी ठहरिए आफ्नो देश डिपोट हुन सक्ने वा थप कानुनी सजाँय पछी मात्रै पनि डिपोट हुन सक्ने उनले बताए ।
सो घटनाको सम्बन्धमा एनआरएनए क्यानडाले हिजो मंगलबार एक बिज्ञप्ति जारी गरि हालै भएको सो घटनाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
घटना भएको करिब १ महिना पछि मात्रै आफ्नो फेसबुक पेजमा बिज्ञप्ती जारी गर्दै एनआरएन क्यानडाले सो घटनाको टिकटक लगायतका विभिन्न सञ्चार माध्यमहरुमा ब्यापक रूपमा चर्चा भएको भन्दै पीडितको सहयोगको निम्ति गैर आवासीय नेपाली संघ क्यानडाले सहयोग गरिरहेको बताएको छ ।
यस्तो छ बिज्ञप्ति….
https://www.facebook.com/share/p/1AxrANRmne/
…………………….
Dear Community Members,
We would like to address a deeply distressing incident recently reported in Canada involving an assault, which has gained significant attention on social media, especially TikTok.
Our thoughts are with the victim during this incredibly difficult time. We want to assure you that we have established connection and supporting her in every way possible. We are relieved to share that she has courageously reported the incident to the police, secured a volunteer lawyer, and been assigned a compassionate case worker to assist her through this process.
We deeply value the concerns and empathy expressed by our community members and would like to update you on how we are supporting her:
1. We have secured safe accommodation for her and covered her rent for the next two months with personal financial support from the Board of Directors of NRN Canada.
2. We are working closely with her social worker to explore additional services she may need for her recovery and well-being.
3. We are helping connect her with a mental health therapist for counselling and emotional support.
We remain committed to providing further assistance. If needed, we will collaborate with local community organizations specializing in supporting women. Should additional resources or financial support be required, we will seek the community’s involvement to ensure she receives the care and support she deserves.
Thank you for your understanding, compassion, and solidarity during this time. Together, we will continue working towards ensuring safety and support for everyone in our community in the days ahead.
Note: With the incredible support of many volunteers, our General Secretary, Chandra Adhikari, is coordinating this case.
Warm Regards,
NRN CANADA
नमस्कार,
हालै क्यानाडा मा एक नेपाली चेली माथि भएको क्रुर अमानवीय कार्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जुन घटना विशेष गरी टिकटक लगायतका विभिन्न सञ्चार माध्यमहरूमा व्यापक रूपमा चर्चा भइरहेको छ।
एनआरएन क्यानडाको तर्फबाट यस कठिन समयमा पीडितप्रति हाम्रो गहिरो सहानुभूति रहेको कुरा सबैलाई स्पष्ट पार्न चाहान्छौं। हामी पीड़ित सँग निरन्तर सम्पर्कमा रहेका छौँ। पिडितकोतर्फ बाट न्यायको लागि प्रहरीसमक्ष उजुरी परिसकेको र स्वयंसेवी वकिलले यसको वकालत गरिरहनु भएको कुरा हामीलाई जानकारीमा आएको सबै सामु प्रष्ट पनि पार्न चाहान्छौ।
घटनाको प्रकृति जटिल भएको र मुद्दा यहाँको प्रचलित कानूनको परिधि भित्र आईसकेको हुनाले पीड़ित पक्षको आत्म सम्मानको निम्ती कुनै पनि समाचार निजको अनुमति बिना संप्रेषण नगर्नु नगराउनु हुन सबैलाई अनुरोध गर्दछौ।
हामीले (गैर आवासीय नेपाली संघ क्यानडा) पिडितको सहयोगको निम्ति देहायबमोजिमका सहयोगहरू गरिरहेका छौं।
१) उहाँलाई खान बस्नका लागि सुरक्षित र उपयुक्त स्थानको व्यवस्था, जसमा दुई महिनाको घरभाडा अग्रिम भुक्तानी गरीसकेका छौं। जुन एनआरएन क्यानडाका बोर्ड सदस्यहरुको सहयोगबाट उपलब्ध आर्थिक सहयोग हो।
२) केही अन्य आवश्यक सेवाहरु जुन पिडितका लागि फाईदाजनक हुन सक्छन्, जसको लागि क्यानेडियन सामाजिक अभियान्ता संग नियमित सम्पर्कमा रहि सेवाहरू पहिचान गर्ने प्रयास गरिरहेका छौँ।
३) उहाँलाई मानसिक स्वास्थ्य परामर्शदाता संग जोड्ने र परामर्शको व्यवस्था गर्ने काम गरिरहेका छौँ, किनभने यस कठिन समयमा मानसिक समर्थन अत्यन्त महत्वपूर्ण हुन्छ, हामीले बुझेका छौं।
यदि उहाँलाई थप परामर्श साहायता आवश्यक परेमा हामी महिला हकहितको लागि कटिबद्ध स्थानीय संघ-संस्थाहरूसँग पनि समन्वय गरेर थप प्रक्रिया अगाडी बढाउने छौं।त्यसैगरी थप आर्थिक सहयोग आवश्यक परेको खण्डमा त्यसको निम्ति आम समुदायमा सहयोग अपिल पनि गर्नेछौं।
यस कठिन समयमा देखाउनुभएको सहानुभूति र एकताका लागि तपाईहरूप्रति आभार व्यक्त गर्दछौँ।
धन्यवाद।
एनआरएन क्यानडा