Canada Nepal News

शिशिर सिंखडा, टोरण्टो । ट्रीलियम फाउन्डेसनको सहयोगार्थ नेपाली कथानक चलचित्र “तेल भीसा” क्यानडामा प्रदर्शन हुने भएको छ । फाउन्डेसनले विभिन्न सामाजिक काम लागि आर्थिक संकलन गर्ने उध्येश्यले यही जनावरी २५ तारेख शनिबार सो सिनेमा प्रदर्शन गर्न लागेको हो । 
टोरण्टो सिटी अन्तर्गत स्कारब्रोमा रहेको उडसाईड स्क्वायर सिनेमा हलमा फिल्म देखाईने फाउन्डेसनको अध्यक्ष लिलेन गुरुङले क्यानडा नेपाल न्युजलाई बताउनुभयो ।
…….
ट्रीलियम फाउन्डेसन
https://trilliumfound.org/
…….
शनिबार मध्याह्न १२:३० बजेबाट प्रदर्शन हुने सिनेमाको टिकट प्रति ब्यक्ती २० डलर रहेको छ भने विद्यार्थीको लागि भने १५ डलर कायम गरिएको छ ।
करिब २ बर्ष अगाडी क्यानडामा दर्ता भएको ट्रीलियम फाउन्डेसन नाफा रहित सामाजिक सस्था हो । सो चलचित्र प्रदर्शनको क्रममा टिकट र स्पोन्सोरबाट संकलित बचत रकमको ५० प्रतिशत हालै क्यानडामा बलत्कृत एक नेपाली विद्यार्थीलाई आर्थिक सहयोग गरिने छ भने ५० प्रतिशत रकम आगामी मार्च १ मा  हुने अन्तर्राष्ट्रिय महिला दिवसको लागी खर्च गरिने फाउन्डेसनको अध्यक्ष गुरुङले बताउनु भयो । 
महिलाहरुले पहिलो पटक क्यानडामा सामाजिक कार्यको लागि आर्थिक संकलन गर्ने उध्येस्यले गरिएको यो पहिलो कार्यक्रम हो । फाउन्डेसनका सबै दिदीबहिनी तथा दाजुभाइको साथ र सहयोगमा कार्यक्रमको तयारी पूरा भएको उहाँले बताउनु भयो । चलचित्र प्रदर्शनले महिलाहरुले पनि सामाजिक र व्यावसायिक काम गर्न सक्छ्न भन्ने उदाहरण तथा  बिजनेश च्यालेन्ज र टिम वर्कको एउटा सिकाई समेत हुने उहाँको भनाई थियो । महिला शसक्तिकरण, युवा, बालबालिका तथा जेष्ठ नागरिकको स्वास्थ तथा जनचेतनाको क्षेत्रमा काम गर्दै आएको सो सस्थाले टोरण्टो सिटीको स्कारब्रोमा हरेक शनिबार योगा कक्षा तथा हरेक आइतबार जुम्बा एक्सरसाईज कक्षा समेत संचालन गर्दै आईरहेको छ । 
तेल भिसा-
सामाजिक-पारिवारिक कथामा बनेको ‘तेल भिसा’ अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको हो । फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको पनि अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) मा छन् । निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् ।
अमेरिका बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले बोलाउँदैनन्, घुमाउन र बस्न पनि बोलाउँछन् । अरु कामका लागि पनि बोलाउँछन् । विदेशी भूमिमा कानुन नबुझ्दा भोग्नुपर्ने झन्झट लगायतको विषयलाई  फिल्ममा चित्रण गरिएको छ । सो  चलचित्र अमेरिका र नेपालका बिभिन्न स्थानमा छायांकन भएको थियो।
……………….
Let’s watch Tel Visa Movie in Scarborough
Please buy your tickets in Eventbrite or scan the QR code or call us for Reservations in the flyer below and secure your seats NOW !!
🎟️ Tickets:
• General Admission: $20
• Special Student Offer: $15
📅 Date: Saturday, January 25th, 2025
⏰ Time: 12:30 PM
🎥 Venue: Woodside Square Cinema
📍 Address: 1571 Sandhurst Circle, Scarborough, ON, M1V 1V2