Canada Nepal News

काठमाडौं । सरकारले २०८२ सालको बिदा सार्बजनिक गरेको छ ।गएको मन्त्री परिषदको बैठकले वर्षभरीको बिदा स्विकृत गरेसंग बिदा सार्बजनिक गरेको हो ।

राजपत्रमा सार्बजनिक गरेको बिदाको सुचना अनुसार १३ दिन पर्ब बिदा , ३ दिन सम्बन्धीत धर्म संस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेषको लागि, २ दिन महिला कर्मचारीको लागि, १ दिन शिक्षणसंस्था, ४ दिन काठमाडौ उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सबैलाई सार्बजनिक दिवस, १ दिन अपाङग भएका कर्मचारीलाई, २ दिन सार्बजनिक जन्मजयन्ती,३ दिन सम्बन्धीत धर्माबलम्बीहरुको लागि बिदा दिने निर्णय गरेको छ ।

यो संगै ३२ दिन सार्बजनिक बिदा परेको छ । यो वर्ष ५२ दिन शनिबार परेको छ । सार्बजनिक बिदा हुने पर्वमा बैशाख १ गते नया वर्ष , चण्डी र बैशाख पुर्णिमा, साउन २४ गते जनैपुर्णिमा, ३१ गते कृष्णजन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गते अर्थात फुलपातीदेखि द्धादशीसम्मद बिदा, कार्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा, कातिक १० गते छटपर्व, मंसिर १८ गते धान्यपुर्णिमा, पुस १०गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते गयाल्पो ल्होछार, इदउल फित्र र वकर इद परेको दिन, फागुन १८ गते पहाडी र १९ गते तराईमा फागु पुर्णिमा र चैत १३ गते रामनवमी पर्व परेको छ ।

सार्बजनिक पर्व बिदामा साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्ब परेको छ । उक्त दिन सो पर्ब मनाउनेको लागि मात्र बिदाको व्यवस्था गरेको छ । महिला भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्ब मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ । माघ ९ गते सरस्वती पुजाको दिन शिक्षण संस्था, साउन २५ गते गाईजात्रा, भदौ २१ गते इन्द्रजात्रा,चैत ४ गते घोडेजात्रा र मच्छेन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

दिवस बिदा अन्तर्गत बैशाख १८ गते ९मे–१० मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ शहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस,फागुन २४ गते अर्थात मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवसको दिन सार्बजनिक बिदा परेको छ ।