
काठमाडौं । ११५औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत् एक कार्यक्रम्को आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । आज सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल ( कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) चयन भएका छन् ।
समितिको विभिन्न देशहरुबाट संयोजक तोकी प्रतिनिधित्व गरिएको छ । जसमा अमेरिका, क्यानडा, नर्वे, डेनमार्क, स्पेन, जापान, आयरल्याण्ड, जर्मन, युके, बेल्जियम, मकाउ, कतार, नेपाल, नेदरल्याणड, माल्टा, फ्रान्स, अष्ट्रिया, दुबई, स्विजरल्याण्ड, पोर्चुगल, स्विडेनमा एक-एक जना संयोजक रहने गरी प्रतिनिधि तोकिएको समाजकी अध्यक्ष पुनम गौतमले जानकारी दिनुभयो ।
समाजलाई दिर्घकालिन रुपमा अगाडी लैजानको लागि अध्यक्ष, महासचिब र कोषाध्यक्ष चयन गरेर अगाडी बढेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । समाजले देश विदेशमा रहेका नेपाली दिदिबहिनिको हक, हित, अधिकार प्राप्त गराउन सहयोग गर्दै, दिदिबहिनीहरुलाई एकिकृत र सशक्तिकरण गर्दै अन्याय, पिडामा परेकाहरुलाई उचित कानुनी परामर्श लगायत नारीहरुमा परेको समस्याको समाधान गर्ने उद्देश्यले समाज गठन गरिएको उहाँको भनाई छ।