Canada Nepal News

टोरण्टो । चितवन सोसाइटी क्यानडाको आयोजनामा यही मार्च १५ तारेख शनिबार गायक प्रमोद खरेलको साथमा “फागु पुर्णिामाको विशेष कार्यक्रम” हुने भएको छ ।

चितवन सोसाइटी क्यानडाले हरेक बर्ष जस्तै यो बर्ष पनि रङ्गहरुमा रमाएर मनाईने नेपालीहरुको महत्त्वपूर्ण पर्व फागु पुर्णिामा अर्थात् होली पर्वको अबसरमा ‘फागु पुर्णिामा विशेष सांस्कृतिक साँझ-२०२५’ गर्न लागिएको सोसाइटीका अध्यक्ष डा. कंचन देव देवकोटाले जानकारी दिनुभयो ।
नेपालको विभिन्न क्षेत्रबाट क्यानडा आई बस्नुभएका नेपालीहरु मांझ सुमधुर सम्बन्ध बनाउदै फागु पुर्णिामा अर्थात् होलीको शुभकामना आदानप्रदान गर्ने र कलाकार हरुको साथमा रमाइलो गर्न यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।
मातृभुमिबाट टाढा रहेका नयाँ पुस्ता माझ आफ्नो नेपाली कला, सस्कृती, पर्व र रितिरिवाजको जगेर्ना र महत्त्वको जानकारी दिने पनि कार्यक्रमको मुख्य उध्येश्य रहेको अध्यक्ष डा. देवकोटाले जानकारी दिनुभयो ।
यही मार्च १५ तारेख शनिबार साँझ हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनु भयो ।
ग्रेटर टोरण्टो अन्तर्गत चाँदनी ब्यन्क्युट हल ब्राम्प्टनमा हुने सो कार्यक्रममा करिब ६ सय जनाको उपस्थिति हुने अनुमान गरिएको छ ।
सो कार्यक्रममा चर्चित नेपाली गायक प्रमोद खरेलको बिशेष प्रस्तुति रहने छ । नेपालको बर्तमान संगीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रुपमा परिचित प्रमोद खरेल नेपाली आधुनिक गायन क्षेत्रका स्थापित ब्यक्तित्व हुन ।
कार्यक्रममा गायनका अतिरिक्त स्थानिय विभिन्न नृत्य र नवप्रतिभाहरुको प्रस्तुति समेत रहने छ ।
४ बर्ष अगाडि स्थापना भएको यो सस्थाले विभिन्न चाड्पर्व र नेपाली संस्कृती लक्षित  कार्यक्रमका अतिरिक्त विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको सोसाइटीका महासचिव कृष्ण खडका (कृस) ले  बताउनुभयो ।
नेपालको मध्यभागमा रहेको चितवन जिल्लाको सम्बन्ध देशभर र बिदेशमा पनि कायम राख्दै “चितवनको नाता सधैंलाई” भन्ने नाराका साथ यो संस्था सन २०२१ मा स्थापना भएको हो । संस्थागत रूपमा होलीपर्व मनाउने पहिलो संस्थाको रूपमा समेत चितवन सोसाइटी क्यानडा रहेको सोसाइटीका महासचिव खड्काले जानकारी दिनुभयो ।
सस्थाले न्यून आय भएका नेपाली विद्यार्थी र नवआगन्तुकलाई लक्षित गरि हरेक बर्ष फ्री ट्याक्स फाईलिङको काम, नियमित रक्तदान कार्यक्रम, देउसी भैलो कार्यक्रम, दशै तिहारलगायतका चाडपर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम, सरसफाइ कार्यक्रम, युवा लक्षित खेलकुद कार्यक्रम, चितवन जिल्लाका विभिन्न शैक्षिक, स्वास्थ, बिपन्न क्षेत्र र सामाजिक संस्थाहरुमा  सहयोग र सपोर्ट गर्दै आएको छ ।