Canada Nepal News

टोरण्टो । लामो समयदेखी क्यानडा रहदैं आएका गायक सुरज आचार्यको नयाँं गीत ‘सुकुमारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को अबसर पारेर रिलिज गरीएको यो भिडियोमा कुसुम शर्मा र केवल जंग कुँवरले अभिनय गरेका छन् ।

धादिङको एक गांउमा छायांकन गरिएको भिडियोलाई गौरब श्रेष्ठ र हेरुका लामाले खिचेका हुन् भने जनक देवकोटाले भिडियोलाई निर्देशन गरेका छन् ।

गायक सुरज आचार्यको आफ्नै शब्द र संगितमा तयार भएको यो गीतको भिडियो गाउंले परिबेशमा निर्माण गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न लताको लिङक क्लिक गर्नुहोस् ।