शिशिर सिंखडा, टोरण्टो । “फूलको आँखामा फूलै संसार” चर्चित गितकी गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा क्यानडाको टोरण्टो शहरमा गुन्जिँने भएकि छ्न । उक्त चर्चित गितका अतिरिक्त उनका दर्जन भन्दा बढी गितहरुको साथमा दर्शकहरुले मनोरञ्जन लिनेछन् ।

यही मे ३० अर्थात जेठ १६ गते शुक्रबार साँझ गायिका डोल्माले सांगीतिक प्रस्तुति दिने भएकि हुन । Blue xerion & Peaceprenuers को प्रस्तुती रहेको सो भब्य कार्यक्रम Toronto Pvilion हलमा हुनेछ। सो कार्यक्रम बेलुका ८ बजे देखि १० बजेसम्म संचालन हुने आयोजक सस्था ब्लु जीरियन इन्कका एक सदस्य सुमन लम्सालले जानकारी दिए ।
७ सय जना दर्शकको सहभागी हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक सदस्य लम्सालले जानकारी दिए । कार्यक्रमका लागि रू १ सय देखि ५ सय क्यानेडियन डलरका टिकटहरु रहेका छन ।
गायिका डोल्माको एकल सांगीतिक उनलाई गितारमा गोपाल रसाइली, सारंगीमा प्रीन्स नेपाली, ड्रममा संजय कुमार श्रेष्ठ र बासुरीमा मनोज सिंले साथ दिनेछन ।

गितसंगीत मात्र नभई समाजसेवामा समेत समर्पित डोल्माले आनी फाउन्डेसन मार्फत नेपालमा शैक्षिक, स्वास्थ र मानवीय सेवामा महत्वपूर्ण योगदान रहेको छ ।
प्रसिद्ध नेपाली गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको बिशेष प्रस्तुतिलाई “साउण्ड अफ प्योर जोय, हिलिङ मेलोडिज फ्रम हिमालयज” को संज्ञा दिईएको छ ।
किशोरी भिक्षुणी तथा समाजसेवी डोल्मा भिक्षुणीबाट अन्तर्राष्ट्रिय संगीत स्टारको रूपमा परिचित ब्यक्तित्व हुन । परोपकारी कार्य नेपालको पहिलो युनेसेफ राष्ट्रिय राजदूतको रुपमा उनको अन्तर्राष्ट्रिय भुमिकाले उनलाई “मदर टेरेसा” संग तुलना गरिएको छ । उनलाई अन्तर्राष्ट्रिय मिडियाले “रक स्टार नन” को समेत संज्ञा दिदै आएका छन ।
नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त आनिको विश्वभर प्रशंसक रहेको हुँदा कार्यक्रममा नेपाली दर्शकहरु सँगसँगै आध्यात्मिक तथा बौद्ध धर्ममा आस्था राख्ने अन्य भाषा भाषीका दर्शकहरूको पनि उल्लेख्य सहभागी हुने अपेक्षा गरिएको छ ।

आनीको जीवनी
सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्त्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन्। उनले विशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौँं मै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन्। शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन्। वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिएका थिए। सन् १९९४ मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन सँगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको सँगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन् ।
एल्बमहरू
Chö (१९९७)
Dancing Dakini (१९९९)
Choying (२०००)
Moments Of Bliss (२००४)
Selwa (२००४)
Smile (२००५)
Inner Peace (२००६)
आमा (२००९)
Matakala (२००९)
Inner Peace २ (२०११)
सामाजिक कार्य
धेरै संस्थामार्फत सामाजिक सेवामा लागेकी आनी सामाजिक सेवाका बारेमा भन्छिन् – ‘सामाजिक सेवा आफ्नो धर्म हो। सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो ।
नेपालमा सञ्चालनमा रहेका आनीका परियोजनाहरू आरोग्य फाउन्डेसन, आर्य तारा पाठशाला हुन् ।
(बिभिन्न एजेन्सीको सहयोगमा)
क्यानाडा नेपाल










