टोरण्टो । नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लीज कम्युनीटी नेटवर्क अफ क्यानडा (एनसिएनसी) को आयोजनामा मिसिसागा शहरमा “बृहत बार्बीक्यु पार्टी” हुने भएको छ ।
यहीँ जुन ८ तारेख आईतवार (२५ जेठ,२०८२) मिडोभ्याली कन्जेरभेसन पार्कमा हुने सो कार्यक्रम दिउँसो २ बजे देखि ८ बजे सम्म संचालन हुने सस्थाका महासचिव रामकृष्ण रेग्मीले जानकारी दिनुभयो।
प्रवेश शुल्क १० डलर रहेको छ भने साना बाबुनानीहरुको लागि भने निशुल्क प्रवेशको ब्यबस्था गरिएको सस्थाका बोर्ड सदस्य घनश्याम भट्टराईले बताउनु भयो।
कार्यक्रममा विभिन्न खानाका परिकारका साथमा विभिन्न मनोरञ्जनात्मक खेल र म्युजिकको समेत ब्यबस्था रहेको सस्थाका अध्यक्ष नेत्र खतिवडा (दिनेश) ले जानकारी दिनुभयो ।
बार्बीक्यु पार्टीको सम्पुर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक मधु देवकोटाले बताउनु भयो ।
सन १९९४ मा स्थापना भएको एनसीएनसी नेपालीहरुको पहिलो सामाजिक सस्था हो ।
नेपाली भाषा, सस्कृती, कलाको संरक्षण गर्दै विभिन्न सामाजिक कामहरु गर्दै आएको सस्थाले क्यानडाको ब्राम्पटनमा रहेको नेपाली पार्क “सगरमाथा पार्क”को अपनत्व लिई त्यसको संरक्षण गर्दै आएको छ ।
एनसीएनसीले नै लामो समय देखि निशुल्क नेपाली भाषा कक्षाको पनि संचालन गर्दै आएको छ । नेपाली भाषा कक्षाका शिक्षक र अग्रजहरुलाई सस्थाको तर्फबाट केही समय अगाडि सम्मानित समेत गरिएको थियो ।
त्यस्तै एनसीएनसीले क्यानडाको अन्तर्राष्ट्रिय मंच क्याराबाममा पनि नेपालको तर्फबाट हरेक बर्ष विशेष उपस्थिति पनि जनाउदै आएको छ ।
क्यानाडा नेपाल










