शिशिर सिंखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा “दोश्रो नेपाल फेस्टिवल-२०२५” हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा आउँदो जुलाई ६ तारेख आईतबार (२०८२ असार २२ गते) सो फेस्टिवल हुने लागेको हो ।

नेपाली कला-सस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ ।
ब्राम्पटन सिटीको डाउन टाउन स्थित गेज पार्कमा दिउँसो १२ बजेबाट बेलुकी ९ बजे सम्म संचालन हुने महोत्सवमा १२ वटा विभिन्न नेपाली खानाको परिकारका स्टल सहित करिब ३० भन्दा बढी अन्य व्यावसायिक स्टल पनि रहने लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका बोर्ड सदस्य एवं नेपाल फेस्टिवल-२०२५” मुल समारोह समितिका प्रचार बिभाग संयोजक अनिल ज्ञवालीले जानकारी दिए ।
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी लगायतका विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी र नृत्यहरु र लाखेनाच पनि प्रस्तुत हुनेछन।
महोत्सवमा प्रवेश निशुल्क र पार्किङको पनि निशुल्क ब्यबस्थापन गरिएको छ । करिब १० हजार जना भन्दा बढीको सहभागीता रहने महोत्सवमा नेपाली राष्ट्रिय तथा क्यानडामा रहेका नेपाली कलाकारहरुको गीत, नृत्य तथा विभिन्न दर्जनौं प्रस्तुतिहरु रहने आयोजक सस्था लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका अध्यक्ष एवं नेपाल फेस्टिवल-२०२५” मुल समारोह समितिका संयोजक क्रिजल केसीले बताए ।
गत बर्ष पनि लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा सोही स्थानमा पहिलो नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको थियोे । सो कार्यक्रमको उदघाटन क्यानडाका लागि महामहिम नेपाली राजदुत भरतराज पौडेलले गर्नु भएको थियो।


क्यानाडा नेपाल










