टोरण्टो । नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ”मैनु याद आन्दिया तेरी” सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा चर्चित गायक सुरज कालाखेतीको स्वर, चर्चित मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र दीर्घ खड्काको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कलाकार समिश्रीका परियार, मनोज वि.क. र कानुन ब्यबसायी अतुल सुवेदीको अभिनयमा रहेको छ ।म्युजिक भिडियोको ”मैनु याद आन्दिया तेरी” बोलको गीतलाई युट्युब च्यानल ‘suraj kalakheti’ मा पनि राखिएको छ ।
म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।
“भनिन्छ कलाको सीमा हुँदैन जहाँसम्म पनि फैलिन सक्छ । हामी पनि फैलिने प्रयास गर्दै हिन्दी भाषाको गीतसहितको म्युजिक भिडियो तपाईहरू माँझ ल्याएका हौं। पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने आशा गरेका छौँ”- निर्देशक हेरुका लामाले भने ।

सो म्युजिक भिडियोको जुन ७ तारेख शनिबार क्यानडाको ब्रामपटन शहरमा एक भब्य कार्यक्रमका बिच प्रीमियर समेत गरिएको थियो ।
क्यानाडा नेपाल










