टोरण्टो। लोक दोहोरी गायिका देविका केसीले शंकर बिसीको शब्दमा ‘साइँली छोरी’ बोलको तिज गीत ल्याएकी छन् । आउँदै गरेको हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर गायिका केसीले पछिल्लो यस ‘साइँली छोरी’ गीत र भिडियो कोशेली स्वरुप आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् । केसीले बजारमा यो बर्षकै पहिलो तिज गित दर्शक, श्रोता समक्ष ल्याएकी हुन ।
उक्त गीतमा गायिका देविकालाई गायक रामकुमार नेपालीले साथ दिएका छन् । त्यसैगरी दर्जनौं म्युजिक भिडियोमा नृत्य निर्देशन र अभिनय गर्दै आम दर्शकमाझ चिनिएका निर्देशक शंकर बिसीले उक्त गीतमा शब्द सिर्जना गरेका हुन् । त्यस्तै गायक रामकुमार नेपालीले नै गीतमा संगीत भर्नुका साथै एरेन्ज पनि गरेका छन् ।
साथै, उक्त गीतको भिडियोमा पनि निर्देशक शंकर बिसीकै निर्देशन र कोरिग्राफी रहेको छ भने दुर्गा पौडेलले छायांकन गरेका हुन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा निर्देशक शंकर बिसी र जुना बिश्वकर्माले दमदार नृत्यका साथ अभिनय गरेका छन् ।
यसअघि पनि दर्जनौँ तिज गीतहरू बजारमा ल्याइसकेकी गायिका देविका केसीले विगतका मौलिकता र आफ्नो निरन्तरतालाई प्राथमिकता दिँदै अहिलेको यस ‘साइँली छोरी’ गीत बजारमा ल्याएको बताइन् ।
उनका बिगत वर्षका गितहरुमा पनि मौलिकतामै केन्द्रीत रहँदै आएको छ । उनले तिज गीतदेखि विभिन्न लोकदोहोरीका दर्जनौं गीतहरू पनि बजारमा पस्कँदै आइरहेकी छन् ।
क्यानाडा नेपाल










