टोरण्टो । क्यानडाको ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउन संग नेपालको कालिका नगरपालिका चितवनका मेयर बिनोद रेग्मी बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

नगरपालिकाका मेयर द्वय बीच भएको भेटवार्तामा दुबै नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्दै बिकासको मोडल आदानप्रदान गरिने भएको छ । साथै एक अर्को पालिका बिच बिकासकाे माेडेल तथा प्रबिधिको समेत आदानप्रदान गरिने सो भेटबार्तामा छलफल भएको थियो। ब्राम्टन नगरपालिकाका मेयर प्याट्रीक ब्राउनले नेपालका मेयर संग भेटहुन पाँउदा खुशी व्यक्त गर्नुभयो । पहिलो पटक आफ्नो नगरपालिकाले नेपालको कालिका नगरपालिका संग भगिनी सम्बन्ध कायम गर्न पाँउनु ब्राम्पटन नगरपालिकाको लागि पनि नयाँ सिकाई हुने उहाले बताउनु भयो ।

कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीले क्यानडाको ब्राम्पटन नगरपालिकाको बिकासको मोडलले प्रभावित पारेको बताउदै बिकासमा अग्रणी रहेको ब्राम्पटन नगरपालिकाबाट धेरै कुरा सिकेर कालिका नगरपालिकामा पुर्वाधार र प्रबिधिको बिकास गर्न सकिने संभावना रहेको बताउनु भयो । फुलको सीटी (flower City) को रुपमा बिकास भएको ब्राम्पटन नगरपालिका क्रीकेट खेलमा पनि प्रख्यात पालिका हो । खेल र पुर्वाधारका साथै फुलको सौन्दर्यताले पनि ब्राम्पटन नगरपालिका क्यानडाको उत्कृष्ट नगरपालिका रहेकोमा खुशी व्यक्त गर्दै कालिका नगरपालिकाका मेयर रेग्मीले ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउनलाई आफ्नो नगरपालिकाका भ्रमणको लागि औपचारिक निमन्त्रणा समेत गर्नुभएको थियो ।

सो भेटवार्ताको अबसरमा कालिकाका मेयर रेग्मी तथा ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउन र डेपुटि मेयर हरकित सिं बीच मायाकाे चिनाे आदान प्रदान समेत भएको थियो। साे भेटवार्ताको अबसरमा प्रवासी नेपाली मंञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनआरएन क्यानडाका पूर्बअध्यक्ष गाेपिकृष्ण काफ्ले, प्रवासी नेपाली मंञ्च क्यानडाका सदस्य शुदर्शन अधिकारी, युवा अभियान्ता बिकाश डल्लाकाेटी, एनआरएनए क्यानडाका बोर्ड सदस्य जगन सापकाेटा लगायतको उपस्थिति रहेकाे थियाे ।


क्यानाडा नेपाल










