Canada Nepal News

शिशिर सिंखडा, टोरण्टो । क्यानडाको सबैभन्दा ठुलो शहर टोरोण्टोमा आयोजित अन्तर्राष्ट्रिय स्तरको “पर्यटन सो” मा नेपालले पनि सहभागीता जनाएको छ । क्यानडा सहित उत्तर र दक्षिण अमेरिका,युरोप, यसिया सहितका ६० भन्दा बढी देशका पर्यटन संग सम्बद्ध सरकारी तथा निजी संघ-संस्था तथा प्रतिनिधिहरुको उपस्थिति रहेको “आउट डोर एडभेन्चर सो- टोरण्टो” गत शुक्रवारबाट शुरु भई आईतबार सम्पन्न भएको छ । द ईन्टरनेशनल सेन्टर, टोरण्टोको हलमा शुक्रवार र शनिबार सयौं दर्शकहरुले अबलोकन गरेको उक्त ‘सो’ मा ३ दिनमा करिब ५० हजार भन्दा बढी दर्शकहरुले अबलोकन गरेको आयोजकले बताएका छन ।
३ दिनसम्म संचालन भएको सो “आउट डोर एडभेन्चर सो- टोरण्टो” मा नेपालका विभिन्न पर्यटकिय गन्तव्य, कला, संस्कृति, रितिरिवाज र बिश्व मनचित्रमा नेपाललाई चिनाउन यो एउटा महत्त्वपूर्ण अबसर भएको नेपाल सोसियल ट्रेकका मेनेजिङ डाईरेक्टर बासु पाण्डेले बताउनु भयो ।
नेपाली पर्यटन व्यावसायी र नेपाल सरकारको आधिकारिक संस्था नेपाल पर्यटन बोर्डको संयुक्त रूपमा रहेको नेपाली स्टलमा नेपाल जान्न, हेर्न र जानकारी लिन पर्यटनहरुको उल्लेख्य उपस्थिति देख्न सकिन्थ्यो । नेपाल पर्यटन बोर्डको समन्वयमा भएको नेपालको पर्यटन सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको यो सहभागीताले नेपालको पर्यटन प्रबर्द्धन र पर्यटकलाई नेपाल भित्र्याउन सहयोग मिल्ने सो कार्यक्रममा सहभागी सतोरी एड्भेन्चरका मेनेजिङ डाईरेक्टर ऋषि भण्डारीले क्यानडा नेपाल न्युजलाई जानकारी दिनु भयो । नेपालको तर्फबाट यस अगाडी पनि पर्यटन बोर्डले अष्ट्रेलिया, युरोप, अमेरिकाका विभिन्न देशहरुमा सहभागीता जनाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
के हो “Outdoor Adventure Show Toronto 2026” ?
वार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रमले यस वर्ष पनि हजारौँ दर्शक तथा सहभागीलाई आकर्षित गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा क्याम्पिङ, हाइकिङ, साइक्लिङ, कयाकिङ, स्कीइङ, तथा अन्य एडभेन्चर गतिविधिसम्बन्धी नवीनतम उपकरण, प्रविधि र सेवाहरू प्रदर्शन गरिएको थियो। विभिन्न कम्पनीहरूले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गरेका छन भने साहसिक यात्रासम्बन्धी सेमिनार र कार्यशालाहरू समेत सञ्चालन गरिएका छ्न।
विशेष आकर्षणका रूपमा प्रसिद्ध साहसिक खेलाडी तथा यात्रुहरूको प्रस्तुति, प्रत्यक्ष डेमो, र परिवारमैत्री गतिविधिहरू रहेका थिए। कार्यक्रममा सहभागीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर समेत पाएका थिए।
आयोजकका अनुसार यस किसिमका कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन, साना व्यवसायको विकास तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कार्यक्रमले साहसिक गतिविधिप्रति बढ्दो आकर्षणलाई पुनः पुष्टि गरेको आयोजकहरूको भनाइ छ। आगामी वर्ष अझ भव्य रूपमा कार्यक्रम आयोजना गरिने जानकारी समेत दिइएको छ।
Outdoor adventure show participant from Nepal: 
1. Nepal Social Treks and Expedition, Basu Panday – managing director
2.  Satori Adventure , Rishi Bhandari – managing director
3. Nepa Dream Travel , Suresh Sharma , director
4. Asian adventure, Balaram thapa – managing director
5. Nepa honing team, Balaram thapa, director
NTB
1. Kundan Mishara , manager
2. Surya Thapaliya , sr. Manager ( lead by)