टोरण्टो । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा आज मिसिसागामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा ११ जनाले रक्तदान गरेको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए ।
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजना र क्यानेडियन ब्लड सर्भिसेज मिसिसागाको समन्वयमा “रगत दान जीवन दान” भन्ने मर्मलाई मनन गर्दै रक्तदान कार्यक्रम गरिएको थियो ।
कार्यक्रम को-अर्डिनेटर दामोदर पोख्रेल रहेको सो कार्यक्रममा क्लबका अध्यक्षताबिश्व अधिकारी, एनबिडिएका अध्यक्ष लिलाधर पाण्डे, मिसिसागा क्यानडा नेपाल लायन्स क्लबका चार्टर प्रेसिडेन्ट घनश्याम भट्टराई लगायतको उपस्थिति रहेको थियो।
क्लबले ब्राम्पटन तथा मिसिसागा क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ भने ब्राम्पटन सिटिमा हेरेक बर्ष नेपाली मेला कार्यक्रम पनि गर्दै आएको छ ।


क्यानाडा नेपाल










