टोरण्टो । क्यानडामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श(एफसिएनसिसि) को अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित हुनुभएको छ । संस्थाको आज सम्पन्न भएको दोश्रो अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि लामिछाने नेतृत्वको कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिव नवीन लुइँटेल, सचिव विनोद श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सुराना निर्वाचित हुनुभएको छ । बोर्ड अफ डाइरेक्टरमा क्रमशः पूर्णिमा डागा, ईश्वरचन्द राजन, अर्चना प्रधान कार्की, केदार शिवाकोटी (अल्बर्टा) र विष्णु पौडेल (ब्रिटिस कोलम्बिया) निर्वाचित हुनुभएको हो ।
एफसिएनसिसिको वार्षिक साधारणसभा जुम मिटिंगमार्फत आयोजना गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष विजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्यानडामा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुको व्यापारव्यवसायलाई सशक्त, प्रतिस्पर्धी र सफल बनाउन एकजुट हुनुपर्ने बताइएको थियो ।
साधारणसभाले नेपाल र क्यानडाबीचको व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउँदै क्यानडाका विभिन्न सहरहरुमा व्यावसायिक सञ्जालीकरण गरी थप प्रवर्धन गर्ने योजनासमेत निर्माण गरेको बताइएको छ ।


क्यानाडा नेपाल










