×

अन्तर्राष्ट्रिय

इटालीका प्रधानमन्त्री मेलोनी-अमेरिकी राष्ट्रपति ट्रम्प भेटवार्ता, अमेरिका र युरोपबीच व्यापार सम्झौताको सम्भावना

इटालीका प्रधानमन्त्री मेलोनी-अमेरिकी राष्ट्रपति ट्रम्प भेटवार्ता, अमेरिका र युरोपबीच व्यापार सम्झौताको सम्भावना
एजेन्सी । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छन्। बीबीसीका अनुसार भेटघाटका क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताबारे कुरा गरेका छन्। ट्रम्पले भनेका छन्, ‘व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित छ, तर यो निष्पक्ष सम्झौता हुनेछ।’ ‘हामी सम्झौतामा पुग्ने कुरामा उनी विश्वस्त छन्’, मेलोनीले भनेकी छन्। उनले आफ्नो लक्ष्य 'पश्चिमलाई फेरि महान् बनाउने' भनेर वर्णन गरिन...

अमेरिकामा ३० दिनभन्दा बढी बस्नु परेमा ‘एलिएन रजिष्ट्रेशन’ अनिवार्य- नगरेमा जेल हाल्ने घोषणा

अमेरिकामा ३० दिनभन्दा बढी बस्नु परेमा ‘एलिएन रजिष्ट्रेशन’ अनिवार्य-  नगरेमा जेल हाल्ने घोषणा
  एजेन्सी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन (एलिएनरजिष्ट्रेशन एक्ट) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आज (अप्रिल ११) विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति भएको जानकारी गराउँदै उक्त कुरा बताएकी हुन्। बीबीसीका अनुसार उनले भनेकी छन्, ‘एलिएन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गर्ने आज (अप्रिल ११) अन्तिम मिति हो। संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी ...

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो “ह्यान्ड्स अफ” प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो “ह्यान्ड्स अफ” प्रदर्शन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो। यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यहरूमा लगभग १२०० स्थानमा भइरहेका छन्। यी विरोध प्रदर्शनहरूलाई “ह्यान्ड्स अफ” नाम दिइएको छ। यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरेका छन्...

म्यानमारमा विनाशकारी भूकम्प: ज्यान गुमाउनेको संख्या ३ हजार नजिक, पाँच दिनपछि भग्नावशेषबाट एक जनाको जीवितै उद्दार

म्यानमारमा विनाशकारी भूकम्प: ज्यान गुमाउनेको संख्या ३ हजार नजिक, पाँच दिनपछि भग्नावशेषबाट एक जनाको जीवितै उद्दार
म्यानमार। गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ। सिन्ह्वाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन्। प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिँदै उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन्। उनले भूकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन्। ‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले भने, ‘य...

अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ: फ्रान्सेली सरकार

अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ: फ्रान्सेली सरकार
पेरिस । युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताउनुभएको छ । “त्यहाँ दुईवटा जवाफहरू हुनेछन् । पहिलो, अप्रिलको मध्यमा हुनेछ, त्यो स्टिल र एल्युमिनियममा पहिले नै निर्णय गरिएको भन्सार महसुलको प्रतिक्रिया हो”, सरकारी प्रवक्ता सोफी प्रिमासले भन्नुभयो, “त्यसपछि क्षेत्र–क्षेत्र अनुसार विस्तृत अध्ययन हुनेछ र अप्रिलको अन्त्यअघि समन्वित, एक...

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो, अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो, अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
एजेन्सी । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन्। हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन्। स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन्। प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन्। मार्च २१ मा सुरु भएको उक्त डढ...

एनसीसी फुटाउने अभियानमा शेष घले: तत्काल एनआरएनए अधिवेशन रोक्न घलेलाई परराष्ट्र मन्त्रालयको निर्देशन

एनसीसी फुटाउने अभियानमा शेष घले: तत्काल एनआरएनए अधिवेशन रोक्न घलेलाई परराष्ट्र मन्त्रालयको निर्देशन
काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयले संघका पूर्वअध्यक्ष शेष घलेलाई निर्देशन दिएको छ। मन्त्रालयका एक उच्च अधिकारीमार्फत घलेलाई अधिवेशन स्थगित गरी एकताको वातावरण बनाउन आग्रह गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार मन्त्रालयको निर्देशनपछि पनि घलेले अधिवेशन रोकेका छैनन्। उनी विभिन्न देशहरूको भ्रमणमा रहेका छन्, जसमा अष्ट्रेलिया, थाइल्याण्ड, दुबई, यूके, बेल्जियम हुँदै प्रोतुगल जाने तयारीमा छन्। शनिबार बेलायतको अल्डरसटमा आयोजित...

जारी भएका भिसा पनि रद्द हुन सक्छ: अमेरिका

जारी भएका भिसा पनि रद्द हुन सक्छ: अमेरिका
एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश नि...

ट्रम्प प्रशासनद्वारा ४३ देशका नागरिकलाई अमेरिकाको यात्रा प्रतिबन्ध लगाउने तयारी

ट्रम्प प्रशासनद्वारा ४३ देशका नागरिकलाई अमेरिकाको यात्रा प्रतिबन्ध लगाउने तयारी
एजेन्सी । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका छन्। प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिए...

क्यानडामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूको बैठक: युद्धविरामका लागि रूस तयार नभए अमेरिका र युरोपले थप प्रतिबन्ध लगाउने

क्यानडामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूको बैठक: युद्धविरामका लागि रूस तयार नभए अमेरिका र युरोपले थप प्रतिबन्ध लगाउने
एजेन्सी । युद्धविरामका लागि रूस तयार नभए अमेरिका र युरोपले थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा किभ सहमत भएको एक सातापछि बसेको जी-७ राष्‍ट्रका विदेशमन्त्रीहरूको बैठकले रूसमाथिको प्रतिबन्ध अझै कडा बनाउने र जफत गरिएको रूसी सम्पत्तिबाट युक्रेनलाई युद्धमा सहयोग गर्ने धम्की दिएका हुन् । बैठकपछि संयुक्त विज्ञप्ति जारी गरी मस्कोलाई प्रतिबन्ध कडा ‍बनाउने र युक्रेनमा सहायता बढाउने धम्की दिएका हुन् । युक्रेनमा अ...