म्यानमारमा विनाशकारी भूकम्प: ज्यान गुमाउनेको संख्या ३ हजार नजिक, पाँच दिनपछि भग्नावशेषबाट एक जनाको जीवितै उद्दार
म्यानमार। गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ। सिन्ह्वाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन्।
प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिँदै उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन्। उनले भूकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन्।
‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले भने, ‘य...









