देवघाटधाम गण्डकी परिक्रमा महोत्सव: पाँच हजार श्रद्धालुले गरे देवघाट-गण्डकी परिक्रमा
देवघाटधाम (तनहुँ) । देवघाटधाम गण्डकी परिक्रमा महोत्सव बिहीबार सम्पन्न भएको छ। तनहुँ, चितवन र नवलपुर गरी तीन जिल्लामा फैलिएको देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति परिक्रमा आयोजना गरिएको कार्यक्रम संयोजक एवम् महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
परिक्रमामा तनहुँ देवघाट, चितवन देवघाट र नवलपुर देवघाटका स्थानीय तहका प्रमुख, गण्डकीको परिसरमा सेवा गरिरहेका मठ, मन्दिर, आश्रम, टोल विकास संस्था, सामुदायिक वन, महिला समूह, विद्याल...









