विद्युतीय राहदानी वितरण गर्न नेपाली दूतावास फ्रान्सको टोली पोर्चुगलमा
लिस्बन । नेपाली दूतावास फ्रान्सको टोलीले बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सुरु गरेको छ।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई-पासपोर्ट वितरण सुरु गरेको हो। टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ।
गत अगस्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ।
शिविरमा र...









