एनआरएनए आइसीसी सचिव पदका लागि क्यानडाका माधव दुलालले गरे उम्मेदवारी दर्ता
काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनए का पूर्व क्यानाडा अध्यक्ष माधव दुलालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसिसी को सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
सन् २०२३–२०२५ कार्यकालका लागि NRNA NCC क्यानाडाको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभवका आधारमा आफूले आइसिसी सचिव पदमा उम्मेदवारी दिएको दुलालले बताएका छन्।
उनले आफ्नो उम्मेदवारीसँगै क...









