नवरात्रको आठौं दिन आज महाअष्टमी: महागौरीको पूजाआजा गरिँदै
काठमाडौं । बडादशैं एवं नवरात्रको नवौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल महाअष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौं दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौं दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
किंव...









