गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ
सङ्खुवासभा । सङ्खुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटे पिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् । मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुईँ छाड्नु पर्छ भन्ने मान्यताअनुसार धेरैले पिङ खेल्न रुचाउँछन् ।
चर्खेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै ...









