
काठमाडौं : नेकपा एकीकृत समाजवादीको अध्यक्ष , सम्मानित नेता र महासचिव सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । यसअघि खनाल र भूसालले अध्यक्षमा दावी गर्दै आएका थिए । तर दुबैले अध्यक्षको दौडमा दावी छाडेपछि नेपाललाई सर्वसम्मत हुने बाटो खुलेको हो ।
तीन पद महाधिवेशन हलले आज सर्वसम्मत भएको घोषणा गरेको हो । सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन्। एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ।