टोरण्टो। क्यानडाको ब्राम्पटनमा ‘नेपाल फेष्टिवल-2026’ यही जुलाईको 25 तारेख शनिबार हुने भएको छ । सप्पर वर्ल्डस ब्राम्पटनको प्राङ्गणमा हुने यो फेस्टिवल तेस्रो संस्करण हो । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबद्वारा हरेक बर्ष फेस्टिवल हुँदै आएको छ ।

क्लबले कम्युनिटी डाइलग तथा फेस्टिवलको घोषणा कार्यक्रम गरि महोत्सवको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा आगामी नेपाल फेस्टिभल- 2026 सम्बन्धी ब्यानर तथा विस्तृत जानकारीसहित औपचारिक रूपमा घोषणा गरिएको थियो।
यस बर्षको नेपाल फेस्टिबल जुलाई २५ शनिबारका दिन ब्र्याम्पटनको सपर्स वर्ल्डमा दिउसोको १ बजेदेखी सुरु गर्ने र चर्चित नेपाली कलाकारहरुको प्रस्तुति सहित, सांकृतिक झाँकी, प्रदर्शन र नेपाली खानाको प्रदर्शनी समेत रहने आयोजकले बताएका छन। फेस्टिवललाई व्यवस्थित, प्रभावकारी र ऐतिहासिक बनाउने उद्देश्यले क्लबका अध्यक्ष विश्व अधिकारीको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ भने विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको क्लबका महासचिव धर्मराज न्यौपानेले जानकारी दिए ।

क्लबद्वारा गत आइतबार आयोजित कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटा, व्यवसायी मदन केसी तथा ब्राम्पटन- मिसिसागा क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले महोत्सवलाई भव्य र सफल बनाउन आ-आफ्नो तर्फबाट सुझाव, सल्लाह तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।
आयोजकले फेस्टिभललाई क्यानडामा नेपाली समुदायको एक महत्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको समेत बताएको छ।
क्यानाडा नेपाल










