×

टोरण्टो। लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको दोस्रो चार्टर नाइट भब्यरुपमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गोकर्ण लामिछानले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ए-७११ का डिस्ट्रिक गर्भनर भिरोना पायनी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भेरोनाले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा लायन बर्ष २०२६/२७ का अध्यक्ष घनश्याम भट्टराई नेतृत्वको सम्पुर्ण नयाँ कार्य समितिलाई डिस्ट्रिक गर्भनर भिरोना पायनीले पदस्थापन गराउनु भएको थियोे भने चार्टड मेम्बरहरुलाई खादा र लायन्स पिनद्वारा सम्मान गरिएको थियो । साथै नयाँ सदस्यहरुलाई पनि क्लबमा स्वागत गरिएको थियो । त्यसैगरी डिस्ट्रिक गर्भनर तथा क्लबका अध्यक्षद्वारा संयुक्तरुपमा केक काटेर चार्टर नाइटको भव्य सुरुवात गरिएको थियो । सोही अवसरमा बालिकाहरु प्रतिष्ठा, प्रियांशु, आयुशी, प्रिसा, प्रकृति र आश्विकाले नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुती गरेका थिए ।

क्लबद्वारा आयोजित दोस्रो चार्टर नाइट कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर भिरोना पायनी, विशिष्ट अतिथि फस्ट भाइस डिस्ट्रिक गर्भनर फोवी कजुम्बा सबन्दा, सेकेन्ड भाइस डिस्ट्रिक गर्भनर लोरेन्स, पास्ट डिस्ट्रिक गभर्नर ड्यान सबन्दा, पास्ट डिस्ट्रिक क्याबिनेट एड्भाइजर पाम, लायन्स क्लब अफ मिसिसागा कुकभिलका अध्यक्ष आशीष अधिकारीले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष पुण्यसागर मरहठ्ठा, नेपाली नर्सिङ्ग एसोसियसनका अध्यक्ष पारु पाण्डे, लालीगुँरास स्पोर्टस् एण्ड कल्चरल क्लबका महासचिव धर्म न्यौपाने, पत्रकार बेनुप भट्टराई, समाजसेवी ढुंडीराज पाण्डे लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव ध्रुवमणि पौडेलले गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात लायन्स फेलोसिफ तथा गेट टुगेदर कार्यक्रम आयोजना गरिएको थियो ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक ३/३ महिनामा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । त्यसैगरी विभिन्न र्पाकहरुमा सरसफाई कार्यक्रम, हङ्गर रिलिफ कार्यक्रमजस्ता विभिन्न सिर्जनात्मक कार्यहरु गर्दै आइरहेको छ ।