Canada Nepal News

क्यानडा सेरोफेरो

क्रिकेट विश्वकप लिग-२: नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

क्रिकेट विश्वकप लिग-२: नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो । यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् । खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन्...

सर्वाधिक राशीको ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ अमेरिकाबाट घोषणा

सर्वाधिक राशीको ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ अमेरिकाबाट घोषणा
न्यूयोर्क ।  सर्वाधिक पुरस्कार राशी भएका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’को सिजन-२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ । एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको एक खुल्ला सांगीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गर्नुभएको हो । जसअनुसार, विश्वका विभिन्न मुलुकहरुमा स्थलगत अडिसन...

क्यानडामा गएको वर्षको आगलागीबाट सबैभन्दा धेरै कार्बन उत्सर्जन

क्यानडामा गएको वर्षको आगलागीबाट सबैभन्दा धेरै कार्बन उत्सर्जन
एजेन्सी ।  क्यानडामा गएको वर्ष भएको आगलागिले सबैभन्दा धेरै कार्बन उत्सर्जन गरेको पाइएको छ । सन् २०२३ मा क्यानडामा भएको आगलागीले क्यानडामा अहिलेसम्मकै धेरै र कयौँ औद्योगिक देशहरुको भन्दा धेरै कार्बन उत्सर्जन गरेको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । वनमा लागेको आगोले झण्डै ६ करोड ४० लाख मेट्रिक टन कार्बन उत्सर्जन गरेको नासाका वैज्ञानिकहरूले बताएका छन् । यो परिमाण ठूलो औद्योगिक देशले वर्षभरी उत्सर्जन गर्ने कार्बनको परिमाण भन्दा पनि ध...

मर्स्याङ्दी भारतीय बस दुर्घटना अपडेट: २१ जनाको मृत्यु

मर्स्याङ्दी भारतीय बस दुर्घटना अपडेट: २१ जनाको मृत्यु
काठमाडौँ । तनहुँको आँबुखैरेनीमा शुक्रवार विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन्। मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार १९ जनाको मृत्यु भएको र २ जनाको शव गाडीले च्यापेको अवस्थामा रहेको छ। उद्धार जारी रहेको उनले जानकारी दिएका छन्। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बताइएको छ। दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइए...

बिश्व मानबिय सहायता दिबस २०२४ क्यानाडामा मनाइयो

बिश्व मानबिय सहायता दिबस २०२४ क्यानाडामा मनाइयो
टोरन्टो । क्यानाडामा क्रियाशील सामाजिक सस्था, हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरले गत अगस्त १८ मा क्यानाडाको नायग्रा फल्स्मा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मानबिय सहायतामा बिश्वब्यापी नेपाली डायस्पोराको योगदान, चुनौती र अवसर शिर्षकमा आयोजित सो कार्यक्रम बिश्व मानबिय सहायता दिबस २०२४ को अवसर पारेर आयोजना गरिएको थियो। समय समयमा नेपालमा आइपर्ने प्राकृतिक बिपत्ति अनि मानबिय संकटमा बिश्वभर छरिएर रहेका नेपाली समुदायको सहयोग, सहभागिता अनि सेवाभाव कसरी प्रभाबकारी बना...

‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’- उपप्राध्यापक डा. रिता ढुंगेल (क्यानडा युनिभर्सिटी)

‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’- उपप्राध्यापक डा. रिता ढुंगेल (क्यानडा युनिभर्सिटी)
नेपाल र क्यानडामा मानव बेचबिखनको अवस्था र नियन्त्रणमा भए गरेका कामबारे अन्वेषक रिता ढुंगेलसँगको अन्तर्वार्ता काठमाडौं । मानव बेचबिखन नेपालको एक प्रमुख समस्या हो । विभिन्न स्वरुपमा हुने बेचबिखनमा परेर समाजमा पुन:स्थापना चुनौतीसमेत देखिएको छ । यस क्षेत्रमा विभिन्न संघ संस्थाले काम गरिरहेका पनि छन् । जसमा सामाजिक अनुसन्धानहरू अपरिहार्य हुन्छन् । पछिल्लो समयमा सहभागीतामूलक क्रियात्मक अनुसन्धान जसमा ‘फोटो भ्वाइस’ जस्ता विधि तथा प्रक्रियाहरुको अवलम्बन गरेर बेचबिखनमा परेकाहरुलाई...

अमेरिकी निर्वाचन: ह्यारिसको अभियान जारी, समर्थन बढ्ने क्रम निरन्तरता

अमेरिकी निर्वाचन: ह्यारिसको अभियान जारी, समर्थन बढ्ने क्रम निरन्तरता
सिकागो । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्नुहुनेभएको छ । विजयका लागि महत्त्वपूर्ण मानिएका राज्यमा आफ्नो अभियानलाई फैलाउन राज्यका विभिन्न स्थानमा पुग्ने क्रममा उहाँको चुनावी दौडाहाले दिन प्रतिदिन समर्थन बटुल्ने क्रम पनि जारी रहेको देखिन्छ । गाजामा इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनले छायाँमा पारेको अमेरिकी राष्ट्रपतीय निर्वाचनम...

क्यानडामा विद्यार्थीलाई समस्या, डेरा र रोजगारी पाउन कठिन: नेपाली राजदूतावास

क्यानडामा विद्यार्थीलाई समस्या, डेरा र रोजगारी पाउन कठिन: नेपाली राजदूतावास
ओटावा । अध्ययनका लागि क्यानडा आउने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ ।अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा आउनुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ । ओटावास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो । यसअघि प...

क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली टोली भारतमा

क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली टोली भारतमा
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग–टु अन्तर्गत सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत गएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली सोमबार बिहान भारत गएको हो । टोलीले बेङ्लोरको नेसनल क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्नेछ। नेपालले आईसीसी एकदिवसीय विश्वकप लिग–टुअन्तर्गत ओमान र क्यानडासँग त्रिकोणात्मक शृंखला खेल्नेछ। नेपालले लिग–टुमा दोस्रो शृंखला खेल्न लागेको हो। यसअघि घरेलु मैदानमै भ...

पेरिस ओलम्पिकमा क्यानाडाको उत्कृष्ट कीर्तिमानी: पदकहरू क-कसले जिते ? (पूर्ण सूची)

पेरिस ओलम्पिकमा क्यानाडाको उत्कृष्ट कीर्तिमानी: पदकहरू क-कसले जिते ? (पूर्ण सूची)
पेरिस ।  २७ पदकहरू जितेर, टोली क्यानाडाले  ग्रीष्मकालीन ओलम्पिकमा  पदकहरूको रेकर्ड तोड्यो। सन् २०२४ को पेरिस ओलम्पिक क्यानडाका लागि ऐतिहासिक रह्यो। 27 पदकहरू जितेर, टीम क्यानडाले  ग्रीष्मकालीन ओलम्पिकमा जितेको  धेरै पदकहरूको रेकर्ड तोड्यो, जुन अन्तिम पटक २०२१ मा टोकियोमा २५ पदकहरूमा सेट गरिएको थियो। क्यानाडाले पेरिस 2024 मा 27 पदक संग  ग्रीष्मकालीन ओलम्पिक रेकर्ड बनाए। अघिल्लो कीर्तिमान 24 थियो, तीन वर्ष पहिले टोकियोमा। क्यानाडाले पनि 1992 मा टोकियो र बार्सिलोन...