क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने
काठमाडौं । अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।
क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।
मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्र...








