क्यानडामा विद्यार्थीलाई समस्या, डेरा र रोजगारी पाउन कठिन: नेपाली राजदूतावास
ओटावा । अध्ययनका लागि क्यानडा आउने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ ।अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा आउनुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ ।
ओटावास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो । यसअघि प...








