
काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी नेपाल र क्यानडाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने नेपाली कप्तान रोहित पौडेलको निर्णय गलत सावित भएको छ । लगातार खराब ब्याटिङ गरिरहेको नेपालको आइतबार पनि सुरुवात राम्रो हुन सकेन । ८ रनको स्कोरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले २० रनको स्कोरमा लगातार दुई विकेट गुमायो । अर्जुन साउद १० र भीम सार्की ४ रन बनाएर आउट भए ।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र आरिफ शेख छन् । नेपालले जारी त्रिकोणीय सिरिजमा क्यानडा र ओमानसँग एक एक खेल हारिसकेको छ । लिगमा खराब प्रदर्शन गरिरहेको नेपालको आइतबार पनि ब्याटिङले राम्रो सुरुवात दिन सकेन ।