Canada Nepal News

क्यानडा सेरोफेरो

विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयको सूचीमा क्यानाडा शैक्षिक संस्थाहरु

विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयको सूचीमा क्यानाडा शैक्षिक संस्थाहरु
विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयको सूचीमा क्यानाडा शैक्षिक संस्थाहरु पनि परेका छन्। शीर्ष २० को सूचीमा यहाँका विश्वविद्यालयहरु पनि परेका हुन्। क्यानाडाका उत्कृष्ट विश्वविद्यालयको नेतृत्व उक्त सूचीमा अल्बर्टा विश्वविद्यालयले गरेको छ। ‘टाइम्स हायर एजुकेशन’ ले २०२४ का लागि उत्कृष्ट विश्वविद्यालयको सूची बनाएको हो। उक्त संस्थाले उत्कृष्ट विश्वविद्यालयहरुको सूची बनाउने क्रममा १२५ देशका २ हजार १५२ वटा विश्वविद्यालयहरुको अध्ययन र मूल्यांकन गरेको थियो। त्यस क्रममा सम्बन्ध...

क्यानाडामा ७० हजार विद्यार्थीको ‘वर्क पर्मिट’ विस्तार गर्न माग

क्यानाडामा ७० हजार विद्यार्थीको ‘वर्क पर्मिट’ विस्तार गर्न माग
अन्टारियो। क्यानाडामा ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि ‘पोस्ट–ग्राजुएसन वर्क पर्मिट’ (पीजीडब्लुपी) विस्तार गर्न माग गरिएको छ। ब्राम्पटनमा भारतीय मूलका विद्यार्थीहरु र उनीहरुका समर्थकनले प्रदर्शन गर्दै यस्तो माग गरेका हुन्। सन् २०२४–२०२५ मा समाप्त हुने सबै पीजीडब्लुपी भएकाहरुका लागि अवधि विस्तारको माग गरिएको हो। प्रदर्शनकारीहरुले करिब ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग रहेको कामको अनुमतिको म्याद समाप्त हुने क्रममा रहेको जनाएका छन्। उनीहरुलाई क्यानाडामा ...

चार महिनामा क्यानाडामा थपिए १ लाख ६४ हजार आप्रवासी

चार महिनामा क्यानाडामा थपिए १ लाख ६४ हजार आप्रवासी
अन्टारियो। क्यानाडामा नयाँ आप्रवासीहरु स्थायी बासिन्दा बन्ने क्रम फेरि बढेको छ। गत मार्च महिनामा क्यानाडा आउनेहरुको संख्या घटेको थियो। अप्रिलमा भने फेरि बढेको छ। इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा (आइआरसीसी) का अनुसार यो वर्षको चौथो महिनामा ४२ हजार ५४५ क्यानाडाको नयाँ स्थायी बासिन्दा बनेका छन्। जनवरीमा ४७ हजार ७५५ जना नयाँ स्थायी बासिन्दा बनेका थिए भने फेब्रुअरीमा ३९ हजार १०० र मार्चमा ३४ हजार ८६० जना स्थायी बासिन्दा बनेका थिए। गत वर्ष जनवरीमा ५० हजार ९५४ नयाँ ...

‘एच–१बी’ भिसा भएकाहरुलाई वर्क परमिट दिन क्यानाडा सरकारको सहुलियत

‘एच–१बी’ भिसा भएकाहरुलाई वर्क परमिट दिन क्यानाडा सरकारको सहुलियत
क्यानाडाको संघीय सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई वर्क परमिट दिने नियममा सहुलियत दिने निर्णय गरेको छ। यससम्बन्धी आवेदनको संख्या १० हजार पुग्दासम्म उक्त भिसा भएकाहरुलाई वर्क परमिट सम्बन्धी दायित्वबाट छुट दिने आफ्नो नीतिलाई सरकारले खुकुलो बनाएको हो। यो सहुलियतबाट भारतीयहरु पनि लाभान्वित हुने देखिएको छ। क्यानाडाको ओपन वर्क परमिटबाट भारतीयहरुले कसरी बढी लाभ लिन सक्छन् भन्नेबारे पनि चर्चा हुने गरेको छ। ओपन वर्क परमिट अन्तर्गत कुनै विदेशी नागरिकलाई क्यानेडियन फर्म वा ...