झण्डै १ महिनादेखि क्यानडामा नेपाली युवा सम्पर्कविहीन
टोरोन्टो। एक वर्ष अघि क्यानडा आएका एक नेपाली युवा झण्डै १ महिनादेखी हराइरहेका छन् ।
क्यानडाको टोरोन्टो शहरबाट नोभेम्बर २३ देखि हराइरहेका नेपालका समिर केसी अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
परिवारको अनुमतिमा केसीको फोटो सार्वजनिक गरेर सबैतिर खोजिको लागि अपिल गरिएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाले बताए।
'हामीले आफ्नो तर्फबाट कतै कसैले देख्नुभयो भने खबर गर्न भनेको छौं। दुतावासले पनि क्यानेडियन सरकारलाई भनिसकेको छ । प्रहरीले पनि खोजीकार्य गरिरहेको छ,' दुलालले भने।
...








