नेपाली जनसम्पर्क समिति क्यानडाको अध्यक्षमा पुन: उदय दुरा सर्वसम्मत चयन
शिशिर सिंखडा, टोरण्टो । नेपाली जनसम्पर्क समिति क्यानडाको अध्यक्षमामा पुन: उदय दुरा सर्वसम्मत चयन भएका छन । आज शनिबार लण्डन सिटिमा भएको चौथो अधिवेशनले अध्यक्षमा दुरालाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भोजराज भट्टले जानकारी दिनुभयो ।
अधिवेशनले समितिको सम्पुर्ण पदहरु केहि दिन भित्र सर्वसम्मतीले चयन गरिने संयोजक भट्टले जानकारी दिनुभयो । सो अधिवेशनले आर्थिक समितिका संयोजक राम कुमार शाहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सहित विभिन्न प्रतिबेदन र प्रस्ताव समेत पा...









