‘एच–१बी’ भिसा भएकाहरुलाई वर्क परमिट दिन क्यानाडा सरकारको सहुलियत
क्यानाडाको संघीय सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई वर्क परमिट दिने नियममा सहुलियत दिने निर्णय गरेको छ। यससम्बन्धी आवेदनको संख्या १० हजार पुग्दासम्म उक्त भिसा भएकाहरुलाई वर्क परमिट सम्बन्धी दायित्वबाट छुट दिने आफ्नो नीतिलाई सरकारले खुकुलो बनाएको हो।
यो सहुलियतबाट भारतीयहरु पनि लाभान्वित हुने देखिएको छ। क्यानाडाको ओपन वर्क परमिटबाट भारतीयहरुले कसरी बढी लाभ लिन सक्छन् भन्नेबारे पनि चर्चा हुने गरेको छ।
ओपन वर्क परमिट अन्तर्गत कुनै विदेशी नागरिकलाई क्यानेडियन फर्म वा ...
