Canada Nepal News

ओटावा । क्यानडामा जनरल जेनी क्यारिग्नन  पहिलो महिला सेना प्रमुख बनेकी छन ।

महिला पहिलो पटक क्यानडाको सेनाको शीर्ष कमाण्डर बनेकी छिन् ।

जनरल जेनी क्यारिग्ननले बिहीबार ओटावाको क्यानाडाली युद्ध संग्रहालयमा आयोजित एक समारोहमा आधिकारिक रूपमा क्यानाडाली सशस्त्र बलको कमान्ड ग्रहण गरेकी हुन्।

प्रधानमन्त्री जस्टिन ट्रुडोले भने कि क्यारिगनन कुनै पनि जी टि ट्वान्टी  राष्ट्र र जी  सेभेन राष्ट्र समूहको सेनाको नेतृत्व गर्ने पहिलो महिला हुन्।

“यसले महिलाहरूको लागि के सम्भव छ भन्ने सन्दर्भमा एक मोडेल र परिवर्तन सिर्जना गर्न सक्छ,” क्यारिगननले भनिन। “यो एक महान कदम हो। यो क्यानाडाली सेना भित्र धेरै, धेरै वर्षको परिणाम हो।

क्यानडाको पहिलो महिला सुरक्षा प्रमुख बन्न ट्रुडो सरकारले छनोट गरेपछि क्यारिग्ननलाई कमाण्ड परिवर्तन समारोहमा जनरलको पदमा बढुवा गरिएको थियो।