Canada Nepal News

क्यानाडाको संघीय सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई वर्क परमिट दिने नियममा सहुलियत दिने निर्णय गरेको छ। यससम्बन्धी आवेदनको संख्या १० हजार पुग्दासम्म उक्त भिसा भएकाहरुलाई वर्क परमिट सम्बन्धी दायित्वबाट छुट दिने आफ्नो नीतिलाई सरकारले खुकुलो बनाएको हो।

यो सहुलियतबाट भारतीयहरु पनि लाभान्वित हुने देखिएको छ। क्यानाडाको ओपन वर्क परमिटबाट भारतीयहरुले कसरी बढी लाभ लिन सक्छन् भन्नेबारे पनि चर्चा हुने गरेको छ।

ओपन वर्क परमिट अन्तर्गत कुनै विदेशी नागरिकलाई क्यानेडियन फर्म वा व्यक्तिका लागि एक निश्चित अवधि काम गर्नका लागि अनुमति दिइन्छ। यसका लागि क्यानाडामै रहेका वा अन्यत्र रहेकाहरुले वर्क परमिटका लागि आवेदन दिन सक्छन्।

‘बिजिनेस स्ट्याण्डर्ड’ को रिपोर्ट अनुसार भारतीय पेशेवर ‘एच–१बी’ भिसा भएकाहरुको ठूलो हिस्सा छ। त्यसकारण उक्त सहुलियतबाट उनीहरुले लाभ लिन सक्ने जनाइएको छ।

उक्त भिसा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अमेरिकामा प्रवेशका लागि मुख्य माध्यम हो। उक्त भिसा तीन वर्षसम्म विस्ता हुन सक्छ। यसका साथै ग्राजुएट भइसकेपछि प्रायोजक कम्पनीमा तीन वर्षसम्म काम गर्ने अनुमति पनि प्राप्त हुन्छ।

कतिपय एमबीए र बिजनेश मास्टर्स गरेकाहरु उक्त भिसाको उपयोग गर्दै एप्पल, मेटा र गुगल जस्ता सूचना प्रविधि क्षेत्रका शीर्ष कम्पनीमा कामको अवसर खोजिरहेका हुन्छन्।

युनिभर्सिटिी लिभिङका सीईओ सौरभ अरोडाका अनुसार क्यानाडाको आप्रवासन प्रणाली पारदर्शिता र दक्षताका लागि प्रसिद्ध छ। त्यसअनुसार स्थायी बसोबासका लागि सहजता पनि हुने गरेको उनको भनाइ छ। त्यही कारण अमेरिकामा पनि ग्रीन कार्ड प्रक्रियामा सहयोगी हुने गरेको छ।

क्यानाडामा ओपन वर्क परमिटका लागि ‘एच–१बी’ भिसा भएकाहरुले कतिपय मापदण्ड पूरा गर्नुपर्छ। त्यसमा वैध एक–१बी ‘स्पेशलिटी अक्युपेसन भिसा हुनु, अमेरिकामा बसोबासका लागि रोजगारीको प्रस्ताव हुनुपर्छ।

यस्तै, पारिवारिक सदस्यको हकमा अस्थायी बसोबास भिसा, स्टडी परमिट र ओपन वर्क परमिट पनि आवश्यक पर्छ। उक्त भिसा सुविधाका कारण क्यानाडाको श्रम बजारमा भारतीय विद्यार्थी र पेशाकर्मीको संख्या बढ्ने सम्भावना औंल्याइएको छ। त्यसरी आउने पेशाकर्मीहरुका कारण यहाँको प्रविधि, स्वास्थ्य सेवा र इन्जिनियरिङ जस्ता क्षेत्र लाभान्वित हुने जनाइएको छ।