Canada Nepal News

अन्टारियो। क्यानाडामा ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि ‘पोस्ट–ग्राजुएसन वर्क पर्मिट’ (पीजीडब्लुपी) विस्तार गर्न माग गरिएको छ। ब्राम्पटनमा भारतीय मूलका विद्यार्थीहरु र उनीहरुका समर्थकनले प्रदर्शन गर्दै यस्तो माग गरेका हुन्।

सन् २०२४–२०२५ मा समाप्त हुने सबै पीजीडब्लुपी भएकाहरुका लागि अवधि विस्तारको माग गरिएको हो।

प्रदर्शनकारीहरुले करिब ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग रहेको कामको अनुमतिको म्याद समाप्त हुने क्रममा रहेको जनाएका छन्। उनीहरुलाई क्यानाडामा ‘सस्तो श्रम’ को रुपमा प्रयोग गरिएको दाबी पनि प्रदर्शनकारीले गरेका छन्।

चिङ्गुजी पार्कमा भेला भएका दर्जनौं विद्यार्थी र उनीहरुका समर्थकले ‘गुड इनफ टु वर्क, गुड इनफ टु स्टे’ भन्ने नारासहित प्रदर्शन गरेका थिए।

‘नौजवान सपोर्ट नेटवर्क’ ले विद्यार्थीहरुको मागमा क्यानाडामा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि पाँच वर्षको अनुमति र स्थायी बसोबासको मार्गमा परिवर्तन चाहेको जनाएको छ।

क्यानाडा सरकारले रोजगारदाता र कजलेहरुलाई सयौं हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नाफाका लागि शोषण गर्न ‘अनुमती दिएको’ आरोप पनि लगाइएको छ।

क्यानाडामा धेरै अरु कामदारहरुले जस्तै विद्यार्थीहरुले पनि कामको सन्दर्भमा अनिश्चितता भोग्नुपरेको उनीहरुको भनाइ छ।

कामको अनुमति सामान्यतया तीन वर्षसम्म हुन्छ, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पोस्ट–ग्राजुएसनपछि अस्थायी रुपमा क्यानाडामा बस्न र काम गर्न अनुमति दिन्छ।

पीजीडब्लुपी प्राप्त गर्दा विद्यार्थीहरुको स्थायी बसोबास (पीआर) प्राप्त हुने प्रत्याभूति नहुने जनाइएको छ। उक्त कार्यक्रमले अन्य देशका विद्यार्थीहरुलाई कार्य अनुभव प्रदान गर्ने गरेको छ।

प्रदर्शनकारीहरुले कोभिड–१९ महामारीको समयदेखि नै पीआर सम्बन्धी आवेदनको प्रक्रिया टुंग्याउन भएको ढिलाइले पीजीडब्लुपी भएकाहरुलाई स्थायी बसोबासका लागि अवरोध भएको र घर फर्कनुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ।

क्यानाडाको संघीय र प्रान्तीय सरकारहरुले गत वर्ष अन्तर्राष्ट्रिय विद्यार्थी कार्यक्रमहरुमा महत्वपूर्ण परिवर्तनहरु गरेपछि प्रिन्स एडवर्ड आइल्याण्ड र ब्रिटिश कोलम्बियामा पनि यस्तै विरोध प्रदर्शन गरिएको थियो।

ब्राम्पटनको अल्गोमा विश्वविद्यालयका करिब १३० जना अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पनि त्यसको विरोध गरेका थिए। सरकारले विदेशबाट अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा सीमा लगाएको थियो।

अटावाले निजी सार्वजनिक मोडेल अनुशरण गर्ने शिक्षालयहरुका विद्यार्थीहरुलाई पीजीडब्लुपीका लागि आवेदन दिनबाट पनि प्रतिबन्ध लगाएको छ।

यस्तै, क्यानाडामा अध्ययन अनुमतिका लागि आवेदन दिनेहरुका लागि जीवनयापन लागतको आवश्यकतालाई दोब्बर बढाएर २० हजार ६३५ डलर बनाइएको छ। साथै, विदेशबाट आएका विद्यार्थीहरु स्नातक हुन सक्ने समयलाई पनि बढाइएको छ।

नयाँ प्रान्तीय नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्वीकार गर्ने अन्टारियोका शिक्षालयहरुले संस्थाको २०२३ को अनुमति स्तरभन्दा बढी गर्न सक्दैनन्।

ब्राम्टनका मेयर प्याट्रिक ब्राउनका अनुसार नयाँ प्रान्तीय दिशानिर्देशहरु अन्तर्गत ब्राम्पटनमा ७० भन्दा बढी शैक्षिक प्रमाण पत्रको व्यापार गर्ने (डिप्लोमा मिल) शिक्षालयहरुलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्नबाट रोकिएको थियो।

अन्टारियोका सबै विश्वविद्यालयहरुलाई २०२३ को स्तरमा अन्तर्राष्ट्रिय विद्यार्थी आवेदनहरु राख्न अनुमति दिइएको थियो। अल्गोमालाई मात्र संख्या घटाउन भनिएको थियो।

गत वर्ष नगर परिषदलाई दिइएको एक प्रतिवेदनले अल्गोमामा ८ हजार ७६२ अन्तर्राष्ट्रिय विद्यार्थी रहेको र ब्राम्पटनको शेरिडन कलेजमा २०२२ देखि २०२३ सम्ममा ९ हजार ३३१ जना अन्तर्राष्ट्रिय विद्यार्थी रहेको देखाएको थियो।

उक्त प्रतिवेदनअनुसार किचनरको कोनेस्टोगा कलेजमा अन्टारियोमा सबैभन्दा धेरै नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरु रहेको जनाइएको छ। त्यसमा ३१ हजार ४०० भन्दा बढी स्वीकृति दिइएको भनिएको थियो।

ब्राम्पटनका अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि सम्भावित रुपमा ‘अनुपयुक्त जीवनशैली’ को सामना गरिरहेका छन्। तथ्यांकअनुसार ६० प्रतिशतभन्दा बढी भारतीय मूलका विद्यार्थीहरु अनुपयुक्त आवासमा बस्छन्।