Canada Nepal News

क्यानडा सेरोफेरो

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न
टोरण्टो । प्रवासी नेपाली एकता समाज क्यानडाको आयोजनामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती क्यानडाको ब्राम्टनमा आज आइतबार भव्यरुपमा मनाइएको छ । संस्थाका अध्यक्ष हीराकाजी यान्द्योको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष अनिल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रमेश खत्रीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी गोविन्द सिंह रावत रहेका थिए । कार्यक्रमका वक्ताहरुले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको योगदानको चर्चा ग...

नेपाली समुदायको सबैभन्दा पुरानो सस्था “एनसीएनसी”को आयोजनामा मिसिसागामा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न  

नेपाली समुदायको सबैभन्दा पुरानो सस्था “एनसीएनसी”को आयोजनामा मिसिसागामा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न  
टोरण्टो । नेप्लिज कम्यूनिटी नेटवर्क अफ क्यानडा (एनसिएनसी) को आयोजनामा आज मिसिसागामा रक्तदान तथा प्लाज्मा दान गरिएको छ । सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा ८ जनाले रक्तदान र  ३ जनाले प्लाज्मा दान गरेको सस्थाका महासचिव रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । “रगत दान जीवन दान” भन्ने मर्मलाई मनन गर्दै आयोजना गरिएको कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्र मिसिसागामा रक्तदान तथा प्लाज्मादान गरिएको थियो । सस्थाका अध्यक्ष नेत्र खतिवडा ‘दिनेश’ को अध्यक्षतामा भएको रक...

ओहो ! हिउँ, बरफका गोलाहरू र कुहिरो- क्यानडाको विशाल भागहरू जाडो मौसमको चपेटामा पर्दै (फोटो फिचरसहित)

ओहो ! हिउँ, बरफका गोलाहरू र कुहिरो- क्यानडाको विशाल भागहरू जाडो मौसमको चपेटामा पर्दै (फोटो फिचरसहित)
एजेन्सी । युकोन केही समयदेखि गहिरो चिसोमा छ। अब, देशका अन्य भागहरू जाडो मौसमको चपेटामा पर्दैछन् । शुक्रबार टोरन्टो शहरको ईटन सेन्टरबाट बाहिर निस्कँदा बक्सिङ डेका किनमेल गर्नेहरू हिउँ आँधीको सामना गर्दै थिए। क्यानडाको धेरैजसो भागमा मौसम त्यति डरलाग्दो भएको छैन। तर क्रिसमस पछि परिस्थितिमा आमूल परिवर्तन आयो किनकि देशको ठूलो भागका मानिसहरू शुक्रबार बक्सिङ डेमा केही प्रतिकूल मौसमको सामना गर्दै उठे: भारी हिमपात, बरफका गोलाहरू, कुहिरो र प्रकृतिले ल्याउन सक्ने लगभग सबै कुरा। ...

नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह

नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह
टोरण्टो । क्यानडा सरकारले आफ्ना नागरिकहरुलाई अति आवश्यक काम बाहेक नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । नागरिकको सुरक्षा जोखिमतालाई ध्यान दिएर सूचना जारी गरिएको हो । नेपाल भ्रमण गर्ने व्यक्ति तथा कोउनीहरुका परिवारलाई घुमफिर, व्यवसाय, अध्ययन वा अन्य कुनै कारणले पनि आवश्यक नपरेका खण्डमा नजान भनिएको छ । नेपालमा सुरक्षा चुनौति भएका कारण नेपाल जान वा क्यानेडियन नागरिक नेपालमै भए आफ्नो बसाई छोट्याउन भनिएको छ । नेपालमा हाल अशान्ति, हिंसा, कमजोर राजनीतिक अवस्था, कमज...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीएनसी क्यानडाका अध्यक्ष  नेत्र खतिवडा, लायन्स  क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा "रक्तदान -जीवन दान" भन्ने मुल मर्मलाई मनन गर्दै रक्त सन्चार केन्द्र मिसिसागामा रक्तदान...

क्यानडामा नेपाली समुदायले सतबीज छरेर मनायो बालाचतुर्दशी

क्यानडामा नेपाली समुदायले सतबीज छरेर मनायो बालाचतुर्दशी
टोरन्टो । क्यानडाको नेपाली समुदायले बालाचतुर्दशी पर्वको अवसरमा सतबीज छर्दै पितृहरुको स्मरण गरेको छ । आज बिहान क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय जम्मा भएर सतबीज छरिएको हो । मेलाको आयोजना नेप्लीज क्यानेडियन हेरिटेज सेन्टरले गरेको हो । नेपाली संकृतिको संरक्षण र आफ्ना दिवंगत पितृहरुको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लिला भण्डारीले बताउनुभयो । हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्य...

अमेरिकाले भारत सहितका देशहरूका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगायो

अमेरिकाले भारत सहितका देशहरूका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगायो
एजेन्सी । अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले भनेको छ – तिनीहरू सबैले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्कहरू चलाउँछन्। केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका लागि पनि काम गर्छन्। आइआरजीसी धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा इरानको लडाईं गर्ने शक्ति हो। यसले घरेलु संकट र विदेशी खतराहरूको सामना गर्दा इस्लामिक राष्ट्रको हितको रक्षा ...

नेपालमा हिमपहिरोमा परी एक क्यानेडियनसहित सात पर्वतारोहीको मृत्यु

नेपालमा हिमपहिरोमा परी एक क्यानेडियनसहित सात पर्वतारोहीको मृत्यु
ओटावा। ग्लोबल अफेयर्सले यस हप्ताको सुरुमा नेपालमा हिमपहिरोमा परी मृत्यु भएका सात जनामध्ये एक क्यानेडियन नागरिक रहेको जनाएको छ । एक प्रवक्ताले क्यानाडाली अधिकारीहरू थप जानकारी सङ्कलन गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र गोपनीयताको कारण मृतकको नाम खुलाइएको छैन । सोमबार बिहान ४,९०० मिटरमा अवस्थित माउन्ट यालुङ रीस्थित आधार शिविरमा हिमपहिरो गएको थियो। हिमपातका कारण उद्धारकर्ताहरू सोही दिन घटनास्थलमा पुग्न सकेनन्, तर मंगलबार मौसम सफा भयो र उद्धारकर्ताहरू सहितको हेल...

एउटा विज्ञापनका कारण ट्रम्पले फेरि क्यानडामाथि बढाए १० प्रतिशत कर

एउटा विज्ञापनका कारण ट्रम्पले फेरि क्यानडामाथि बढाए १० प्रतिशत कर
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा कर बढाउने बताएका छन् । उनको निर्णय क्यानाडाको ओन्टारियो प्रान्तले पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई कर विरोधी अभियानको एक भागको रूपमा चित्रण गरेको विज्ञापनपछि आएको हो। शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले उक्त विज्ञापनलाई “ठगी” भने र वर्ल्ड सिरिज बेसबल च्याम्पियनसिप अघि यसलाई नहटाएकोमा क्यानेडियन अधिकारीहरूको आलोचना गरे। “तथ्यको यो गलत प्रस्तुतीकरण र यो शत्रुतापूर्ण कदमका कारण म...

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार उच्चस्तरीय भेटवार्ता

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार उच्चस्तरीय भेटवार्ता
वासिङ्टन । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार भएको उच्चस्तरीय बैठकमा क्यानडा-अमेरिका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले दुवै पक्ष स्टील र आल्मुनियममा लाग्ने करमा छिटो सम्झौतामा पुग्ने कुरामा केन्द्रित रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पले सार्वजनिक रूपमा कार्नीको प्रशंसा गरे र प्रधानमन्त्रीले व्यापारमा आक्रामक संकेत दिए र क्यानडालाई विलय गर्ने बारेमा मजाक गरे पनि, उनीहरूको कार्य बैठकबाट "धेरै खुसी" भएर जाने वाचा गरे ...