क्यानडाको स्कारर्ब्रोमा “अब कि बार गगन सरकार” शुभेच्छुक तथा समर्थक भेला भब्य रुपमा सम्पन्न
टोरण्टो । क्यानडाको स्कारर्ब्रोमा "अब कि बार गगन सरकार" शुभेच्छुक तथा समर्थक भेला आइतबार भब्य रुपमा सम्पन्न भएको छ ।
सो भेला अधिवक्ता केशव दाहालको संयोजकत्वमा भएको थियो।
भेलामा नेपाली काङ्ग्रेसका समर्थक तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । सो भेलामा नेपाली काङ्ग्रेसका सभापति तथा आगामी निर्वाचन पछीका नेपाली काङ्ग्रेस तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार गगन थापाले जुम मार्फत सम्बोधन गरेका थिए । सभापति थापाले नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पछि एक ढिक्का भएको भन्दै ...









