Canada Nepal News

क्यानडा सेरोफेरो

हिंसात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुका भिसा अस्वीकार

हिंसात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुका भिसा अस्वीकार
काठमाडौं । नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंसालाई कारण देखाउँदै क्यानडाद्वारा कैयन नेपालीहरुका भिसा अस्वीकार गरिएको छ । क्यानडा घुम्न र अध्ययनका लागि जान आवेदन दिएका नेपालीहका भिसा नेपालको पछिल्लो घटनाक्रमपछि उल्लेख्य रुपमा अस्वीकार गरिएको छ । भिसा अस्वीकृतिपछि इमिग्रेशन, रिफ्युजी एण्ड सिजिटनसिप क्यानडाले आवेदकलाई दिएको पत्रमा भनिएको छ, “सेप्टेम्बर २०२५ मा आवेदक नागरिक रहेको देशमा ठूलो हिंसात्मक विरोध प्रदर्शनहरू भए तथा सुरक्षा र वित्तीय स्थितिमा गम्भीर गिरावट आयो। आवेदक...

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको कार्यसमितिलाई पुर्णता तथा सम्मान कार्यक्रम सम्पन्न 

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको कार्यसमितिलाई पुर्णता तथा सम्मान कार्यक्रम सम्पन्न 
टोरण्टो । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको एक कार्यक्रमका बीच कार्यसमितिलाई पुर्णता दिईएको छ भने क्लबको विभिन्न गतिविधिमा सहयोग गर्ने ब्यक्ति तथा सस्थालाई सम्मान पनि गरिएको छ । क्लबको छैठौ वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष विश्व अधिकारीको नेतृत्वमा चयन भएको समितिले आज शुक्रवार पुर्णता पाएको हो । ब्राम्पटनमा सो क्लबको एप्रीसियसन एण्ड ह्यण्डओभर कार्यक्रम भएको थियो ।  सो क्लबको उपाध्यक्षमा सानु लामा, लिला शाही र श्याम अर्याल, महासचिबमा धर्म न्यौपाने सचिबमा कमल दे...

टोरण्टोको पार्कमा आम आप्रवासन विरोधी र्‍यालीको विरोधमा दश जना पक्राउ

टोरण्टोको पार्कमा आम आप्रवासन विरोधी र्‍यालीको विरोधमा दश जना पक्राउ
टोरण्टो । टोरण्टोको एक पार्कमा ऐतिहासिक यहूदी विरोधी दंगाको रूपमा चिनिने पार्कमा निर्वासन र सामूहिक आप्रवासनको अन्त्यको आह्वान गर्दै गरिएको प्रदर्शनको जवाफी प्रदर्शन हुँदा दस जनालाई पक्राउ गरिएको थियो। "क्यानाडा फर्स्ट" नामक सामूहिक निर्वासनलाई प्रोत्साहन गर्ने प्रदर्शनको प्रतिक्रियामा शनिबार दिउँसो टोरन्टोको क्रिस्टी पिट्स पार्कमा सामूहिक आप्रवासनलाई समर्थन गर्ने सयौं मानिसहरू भेला भए। गत महिना क्यानडा फर्स्ट र्‍यालीका आयोजकहरूले आफ्नो कार्यक्रमको प्रचार गर्न सामाजिक सञ्ज...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम तथा चार्टर नाईट सम्पन्न (फोटोसहित)

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम तथा चार्टर नाईट सम्पन्न (फोटोसहित)
टोरण्टो ।  लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम तथा चार्टर नाईट कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका युथ प्रोग्राम चेयरपर्सन तथा नेपाल ब्लड डोनर्स एसोसिएसनका बोर्ड अफ डाईरेक्टर अमृत क्षेत्रीको संयोजकत्वमा "रक्तदान -जीवन दान" भन्ने मुल मर्मलाई मनन गर्दै रक्त सन्चार केन्द्र मिसिसागामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो अबस...

क्यान्सर बिरामीको सहयोगार्थ नेपाली कथानक चलचित्र “सिटामोल” क्यानडाको मिसिसागामा प्रदर्शन हुँदै 

क्यान्सर बिरामीको सहयोगार्थ नेपाली कथानक चलचित्र “सिटामोल” क्यानडाको मिसिसागामा प्रदर्शन हुँदै 
 शिशिर सिंखडा, टोरण्टो । क्यान्सर रोगबाट पिडित बिरामीको सहयोगार्थ नेपाली कथानक चलचित्र “सिटामोल” क्यानडाको मिसिसागामा प्रदर्शन हुँदै छ । यही अगस्ट २३ तारेख शनिबार प्रदर्शन हुने चलचित्रको च्यारिटी शोबाट बचेको सम्पुर्ण रकम क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक हेरुका लामाले बताए । सेन्ट्रल पार्कवे सिनेमा हल, मिसिसागामा दिउँसो ३ बजेबाट प्रदर्शन हुने फिल्म हेर्नको लागि टिकट दर २५ क्यानेडियन डलर राखिएको छ । "हामी क्यान्सर रोगीहरूको सहयोगका लागि विशेष चलच...

ट्रम्पले गरे जेलेन्स्कीसँग कुरा, सोमबार अमेरिकामा भेट्ने

ट्रम्पले गरे जेलेन्स्कीसँग कुरा, सोमबार अमेरिकामा भेट्ने
टोरण्टो । अलास्काबाट वाशिंगटन डीसी फर्किँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग करिब एक घण्टा लामो कुराकानी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले नेटो देशका नेतासँग पनि फोनमा कुरा गरेको बताइन्। यस्तै बेलायती प्रधानमन्त्री कार्यालयले अलास्का वार्तापछि प्रधानमन्त्री केयर स्टारमरले डोनाल्ड ट्रम्प र भोलोडिमिर जेलेन्स्कीसँग कुरा गरेको पुष्टि गरेको छ। आज बिहान उनले नेटो सहयोगी देशका अन्य युरोपेली नेताहरूसँग पनि फ...

क्यानडाको पशुपतिनाथ मन्दिरलाई स्नानकोठा तथा शौचालय निर्माणका लागि आर्थिक सहयोग

क्यानडाको पशुपतिनाथ मन्दिरलाई स्नानकोठा तथा शौचालय निर्माणका लागि आर्थिक सहयोग
टोरण्टो ।  सामाजिक उत्तरदायित्व अन्तर्गत ‘फरक सोच क्यानडा’ले ब्राम्टनस्थित श्री पशुपतिनाथ मन्दिरमा स्नानकोठा तथा शौचालय निर्माणका लागि हालै मन्दिरमा भएको एक धार्मिक कार्यक्रमा क्यानेडियन डलर ५,१०० (पाँच हजार एक सय) सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार मन्दिरमा नियमित पूजा तथा धार्मिक गतिविधिका क्रममा भक्तजनहरूलाई आवश्यक सुविधाको अभावमा असहजता भोग्नु परिरहेको अवस्था छ। उक्त समस्या समाधानका लागि आगामी सेप्टेम्बर महिनाभित्रै आर्थिक सहयोग रकम प्रदान गरिने जानकारी दिइएको...

नेपाली बन्धक बिपिन जोशीको परिवार इजरायलमा: “कृपया, मेरो छोरालाई बचाउनुहोस्,” जोशीकी आमा पद्माले आँसु झार्दै भनिन् (भिडीयो)

नेपाली बन्धक बिपिन जोशीको परिवार इजरायलमा: “कृपया, मेरो छोरालाई बचाउनुहोस्,” जोशीकी आमा पद्माले आँसु झार्दै भनिन् (भिडीयो)
अक्टोबर ७ मा भएको आक्रमणको क्रममा किबुट्ज अलुमिमबाट कृषिका विद्यार्थी जोशीलाई आतंककारीहरूले अपहरण गरेका थिए र नोभेम्बर २०२३ देखि उनको जीवनको कुनै संकेत प्राप्त भएको छैन। जेरुसेलम, पद्मा जोशी, जसका छोरा बिपिन जोशी इजरायलको गाजा पट्टीमा बन्धक छन्, अगस्ट ११, २०२५ मा तेल अभिभ नजिकैको बेन गुरियन विमानस्थलमा आइपुगेपछि पत्रकारहरूसँग कुरा गर्दै। (Ynet मार्फत स्क्रिन क्याप्चर) पद्मा जोशी, जसका छोरा बिपिन जोशी गाजा पट्टीमा बन्धक छन्, अगस्ट ११, २०२५ मा तेल अभिभ नजिकैको बेन गुरियन विमा...

अमेरिका-भारत व्यापार : ५० प्रतिशत भन्सारले भारत आहत, नेपाललाई ठूलो राहत

अमेरिका-भारत व्यापार : ५० प्रतिशत भन्सारले भारत आहत, नेपाललाई ठूलो राहत
काठमाडौं । अमेरिकाले ५० प्रतिशत भन्सार लगाइदिएपछि भारत आहत बनिरहेका बेला त्यही नीति नेपालका लागि भने ठूलो अवसरका रूपमा उदाएको छ । अमेरिकाले भारतलाई ‘जस्तालाई त्यस्तै भन्सार’ (रेसिप्रोकल ट्यारिफ) बापत २५ प्रतिशत भन्सार लगाएको छ, जुन यही बिहीबारदेखि कार्यान्वयनमा आइसकेको छ । त्यस अतिरिक्त भारतले रुसबाट तेल किनिरहेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत भन्सार थपिदिएका छन् । ट्रम्पले कार्यकारी आदेश मार्फत थपिदिएको यो भन्सार आगामी २७ अगस्टदेखि लागु हुनेछ...

आज रक्षाबन्धन अर्थात् जनै पूर्णिमा, यस्तो छ जनै पूर्णिमाको महिमा….

आज रक्षाबन्धन अर्थात् जनै पूर्णिमा, यस्तो छ जनै पूर्णिमाको महिमा….
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगण...