टोरण्टो । नेप्लिज कम्यूनिटी नेटवर्क अफ क्यानडा (एनसिएनसी) को आयोजनामा आज मिसिसागामा रक्तदान तथा प्लाज्मा दान गरिएको छ ।
सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा ८ जनाले रक्तदान र ३ जनाले प्लाज्मा दान गरेको सस्थाका महासचिव रामकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
“रगत दान जीवन दान” भन्ने मर्मलाई मनन गर्दै आयोजना गरिएको कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्र मिसिसागामा रक्तदान तथा प्लाज्मादान गरिएको थियो ।
सस्थाका अध्यक्ष नेत्र खतिवडा ‘दिनेश’ को अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संयोजक कृष्णा केसी कुवर रहनुभएको थियो । कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीएनसीका निवर्तमान अध्यक्ष नरबहादुर क्षेत्री,
एनआरएनए क्यानडाका सदस्यहरु सागर गुरुङ, रमा घिमिरे, लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका चार्टर प्रेसिडेन्ट घनश्याम भट्टराई, समाजसेवी ढुण्डी पाण्डे, सस्थाका उपाध्यक्ष बेदनिधि गौतम, कोषाध्यक्ष गोपाल श्रेष्ठ तथा बोर्ड सदस्यहरुको उपस्थिति रहेको थियो।
एनसीएनसी क्यानडामा रहेको नेपाली समुदायको सबैभन्दा पुरानो सस्था हो । सस्थाले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ भने प्रत्येक बर्ष दशै लगायतका नेपाली चाडपर्वहरुको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत फेलोसिप कार्यक्रम पनि गर्दै आएको छ ।
सस्थाले नेपाली बाबू नानीहरुका लागि लक्षित गर्दै नेपाली भाषा शिक्षा कक्षा पनि संचालन गर्दै आएको छ भने योगा शिविर पनि संचालन गर्दै आएको छ ।
ब्राम्पटन सिटीको आयोजनामा प्रत्येक वर्ष हूने मल्टीकल्चरल एंड मल्टीनेशनल्स फेस्टिवल (क्याराब्राम) मा नेपालको प्रतिनिधित्व गर्दै आएको छ भने नेपाली नामबाट नामाकरण भएको ब्राम्पटन सिटी भित्रको “सगरमाथा पार्क” को सरसफाई तथा संरक्षणको जीम्मा लिई काम गर्दै आएको छ ।

क्यानाडा नेपाल










